विचार/लेखसमसामयिक

ज्वारीकोटे सिंहदरबार !

0

– नवराज भट्टराइ

२०७४ सालपछि बनेको स्थानीय सरकार र त्यसपछि हामीले भोग्नु परेको नियति केलाउने हो भने, त्यसले साँच्चैनै एउटा बिसँगतिको कथा, काब्य र रचना आदि धेरै कुरा बन्छ होला । गाउँगाउँमा सिंहदरबार भन्ने नारा वडाअध्यक्ष र उसका आसेपसेहरुले लगाउने ज्वारीकोटको खल्तिमा गएर परिणत भयो । यस्तै एउटा ज्वारीकोटे सिंहदरबार बनेको थियो म बसोबास गर्दै आएको बुढानिलकण्ठ नगरपालिकाको वडा नं. १२ । नगरपालिका भित्रको १३ वटा वडाहरुमध्ये क्षेत्रफल र मतदाताको हिसाबले पनि सानो रहेको यो वडा खासै चासो लाग्ने प्रगति भन्ने भएकोे देख्नु सकिँदैन थियो ।

साँच्चै भन्नु पर्दा, वडाअध्यक्ष त उही ठेकेदारमै परिणत भएकोे सजिलै देख्नु सक्ने स्थिति बनेको थियो । उपभोक्ता समिति बनायो, आएको बजेटलाई यथोचित आफ्ना ज्वारीकोटे सिंहदरबारमार्फत विनियोजन गर्यो ! गुणस्तरहिन काम गर्यो, पालैपालो कहिले सडक त कहिले मेलम्ची त कहिले बिद्युत त कहिले के के नाममा सडक खन्यो र जनतालाई सास्ती दियो । हुँदाहुँदा राम्रो सडकलाई ढल व्यवस्थापानको नाममा खनेर दोहन गरेर माटोसम्म बेच्नु भ्याउने रहेछन् । यो पाँच वर्षमा के चाहि कुरो त्यस्तो गर्यो होला भनेर केलाउने हो भने यही ढल, पानी, बत्ती, सडकभन्दाबाहेक अरु केही त्यस्तो ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । एउटा यस्तै ढल व्यवस्थापनले निम्त्याएको दुःख घटना जहाँ ठेकेदार र गाली गर्ने र अरुलाई औँला देखाउने प्रवृतिका कारण अबोध बालकले ढलबाट खसेर मृत्युवरण गर्नुपर्यो । त्यत्ति मात्र कहाँ हो र ! २०७३ सालमा विनियोजित भएकोे बजेटबाट बनेको तेन्जिङ चोक आनी गुम्बा सडक खण्ड हामीले बनाएको भनेर सामाजिक सन्जालमा राखेर प्रचारप्रसारसम्म गर्न भ्याएछन् ।

के स्थानीय सरकारले गर्ने भनेको यही माथि उल्लेखित कामहरु मात्र हुन तँ ? यो भन्दा अरु केही देख्ने आशा र भरोसा राख्ने विषय सकिएकै हो त? पक्कै पनि त्यसाे नहोला । माथि भनिएकोबाहेका पनि अरु केही चाँहि भए कै छ होला ? भन्ने प्रश्न हामी माझ आउनु सक्छ । त्यसलाई निम्न बूँदामा केलाउने प्रयास गरौं है त ।

१ डाइविङ तालीम
२ वृद्ध आमा बुवालाई तीर्थ भ्रमण
३ कौशी खेती
४ वेराेजगार तथ्याङ्क संकलन र अन्य

सबै बुँदाहरुलाई केलाउने भन्दा पनि २ नं. लाई संक्षिप्तमा हेर्न प्रयास गरौं । यो भमण साँचैनै भन्ने हो भने वृद्ध आमा बुवाहरुका लागि ठूलो भाग्य , अवसर, आनन्द, हर्ष,खुशी र गर्वकाे कुरो हुन्थ्यो होला यदि यो सही ढंगले गरिन्थ्यो भने । ५ वर्षमा उही व्यक्ति स्वयंसेवक र एउटै अनुहारका वृद्ध आमा बुवा लाग्छ की त्योभन्दाबाहेक अरु कोही वार्ड मै नभएका जस्तो अनि केही २०-४० वर्ष समुहका व्यक्तिहरु । आमा बुवाको जमात पनि ज्वारीकोटे जमातको हावी भएको देख्न सकिन्थ्यो । हुन त यो कुरोले मतको अंक गणितसँग सोझै सरोकार राख्ने भएकोेले पनि हुन सक्छ ।

यी र यस्ता बिसँगतिका कथाहरु धेरै हुनु सक्लान् र छन् पनि । अगामी दिनहरुमा उजागर गर्ने प्रयास हुँदै जानेछ । तर कुरोचाहि के पनि हो भने, हामीले यस्तै ज्वारीकोटे सिंहदरबार खोजेको हाैँ त ? के हामीले भोट कै लागि मात्र सिंहदरबार खोजेको हौं त ? शिक्षा, स्वास्थ र अरु अधारभुत आवश्यकताका बारेमा कहिले सम्म नसोच्ने ? यी र यस्ता प्रवृतिहरु नदोहोरिने प्रयास गरौँ । समय छ, सोचाैँ र बदलौ । परिबर्तन सम्भव छ ।

असार मसान्तसम्म गाडी, माेटरसाइकलदेखि टिभी र रक्सीसम्म आयात गर्न प्रतिबन्ध

Previous article

टिकेशनारायणजी, तपाइँ त्यतिखेर किन त्यति माैन हुनुहुन्थ्याे ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *