विचार/लेखस्थानीय

टिकेशनारायणजी, तपाइँ त्यतिखेर किन त्यति माैन हुनुहुन्थ्याे ?

0

– आकाश श्रेष्ठ

अन्नतः टिकेशनारायण श्रेष्ठले वडाध्यक्षकाे टिकट पाए । पछिल्लाे पाँचवर्षमा सबैभन्दा धेरै समाचार बनेकाे तथा विवादमा परेकाे बुढानिलकण्ठ वडा नं १३ काे वडाध्यक्षमा नेकपा एमालेले टिकेशनारायण श्रेष्ठलाइ उम्मेदवार बनायाे । याे निर्णय आउनु कुनै अप्रत्यासित घटना थिएन । यदि श्रीकृष्ण श्रेष्ठ पुन उम्मेदवार हुने अबस्था आएन भने टिकेश नारायणले टिकट पाउने छन् भन्ने चाैतर्फि नै हल्लाखल्ला थियाे । हल्ला भएजस्तै टिकेशले नै उम्मेदवार पाए ।

वडा नं १३ याे पाँचवर्षमा प्रकृति विनाशकाे विषयमा धेरै समाचारकाे विषय बन्याे । याे त्यस्ताे प्रकृति विनाश थियाे जसलाइ तत्कालिन वडा कार्यालय र नगर कार्यालयले देख्दैनथ्याे भने बाँकी सबैले देख्थे । स्थानीय चिहाने खाेलासँगै एक व्यापारिक समूहले बालुवा प्रशाेधन केन्द्र बनाएर डाँडा मासेर खाेला भासेर बालुवा धुन थालेपछि प्रकृतिप्रेमीहरूले आवाज उठाएका थिए । स्थानीय नेताहरुले पनि त्याे आवाजमा आफूलाइ समाहित गरेका थिए । त्याे आवाजकाे भीडमा आफूलाइ अब्बल दर्जाकाे सामाजिक कार्यकर्ता भन्ने टिकेश नारायण श्रेष्ठ कतै देखिएनन् । सामाजिक सन्जालमा आत्मप्रशंसा गर्न रूचाउने उनले डाँडाका कुरा, खाेलाका कुरा त परै जाओस् त्याे सार्वजनिक सुनुवाइमा टिकेश नारायण त्यही भीडमा थिए । उनका कतिपय साथीले बाेल्न भन्दा पनि आवाज निकाल्न सकेनन् । धेरैले उनलाइ डराएकाे पनि भने । कतिले मिलेमताे भएर नबाेलेकाे भने तर त्यही सार्वजनिक सुनुवाइमा उपस्थित टिकेशनारायण बालुवा प्रशाेधनकाे विषयमा चुँक्क् बाेल्न सकेनन् ।

चुनावकाे मुखमा मन्दिरहरू रंगाएर आफू रंगिन बन्न रूचाउने टिकेश ५ वर्ष चुनिखेलकाे प्रकृति लागातार दाेहन भैरहँदा किन माैन थिए ? याे दाेहनकेा कुरा गर्याे भने टिकट पाइँदैन भनेर कि ? दाेहनमा संलग्नहरूकाे बिराेध गर्ने सामार्थ्य, आँट, साहस भएन कि ? कि दाेहनमा उनकाे पनि महत्वपूर्ण लगानी थियाे ? याे प्रश्न गर्ने सम्भवतः बेला यही हाे । वडाकाे विकास वा विनाशकाे सबैभन्दा महत्वपूर्ण विषयमा चुपचाप बसेका व्यक्ति उम्मेदवार भएर घर घरमा पुग्दा याे प्रश्न उठ्न आवश्यक पनि छ । यसमा जाेड्न पर्ने कुरा के पनि हाे टिकेशनारायण बुनपा १३ नेकपा एमालेकाे संगठन प्रमुख पनि हुन् ।

खाेलानाला, डाँडापाखा, वनवातावरण, कृषि र संस्कृतिले भरिएकाे वडामा उम्मेदवार बन्ने व्यक्ति कसरी यी विषयकाे प्रश्नबाट भाग्न सक्छ ? पाँचवर्ष साेही पार्टीले राज गरेकाे वडामा पार्टीले पत्याउनुका आधारमा विगतमा भएकाे विकृतिमा माैन भएर बसिदिनु नै मुख्य कारण हाे कि ? फेरि दाेहन गर्न सजिलाेका लागि दाेहनका विषय नउठाउने पात्र पार्टीले पाएकाे हाे कि ? पाँचवर्ष राज गरेर दाेहनका यावत् लिला गरेकेा पार्टीकाे उम्मेदवार भएका कारणले टिकेशनारायणमाथि आशंकाका धेरै प्रश्नहरू छन् । तर यतिखेर यत्ति भन्न चाहन्छु, त्याे सार्वजनिक सुनुवाइ भएर सबै पक्ष बाेलिरहेकेा बेला तपाइँ सामाजिक अभियान्ता भनेर आफूलाइ बताउने व्यक्ति किन लुक्नु भयाे त्यतै नजिकै ? त्यतिखेरकाे त्यही माैनताकाे प्रतिफल हाे टिकेशजी यतिखेरकाे याे एमाले उम्मेदवारकाे टिकेट ?

ज्वारीकोटे सिंहदरबार !

Previous article

निर्वाचन आचार संहिताकाे धज्जी उडाउँदै प्रचारप्रसारमा शम्भु भट्टराइ

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *