राजनीतिविचार/लेख

के राजनीतिक परिदृष्य गगन थापासँग आँत्तिएकाे हाे ?

0

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ को राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यहाँ सुसुप्त रुपमा एउटा समूह आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नको लागि चुनाव प्रचार अभियानमाभन्दा सक्रिय भएर लागेका छन् । नेपाली काँग्रेसकै एउटा पक्ष बाहिर देखाउँदा गगन थापाको पक्षमा देखिए पनि उनीहरु सकेसम्म गगन थापा हराउने अभियानमा सक्रिय भएर लागेका छन् । यसको अर्थ यो हो कि गगन थापाको प्रधानमन्त्रीमा उम्मेदवारी घोषणा ।

२०७४ सालमा छुट्टै कार्यालय र गाडी रिजर्भमा लिएर नै गगन विरुद्धको षड्यन्त्रमा खटिएको एउटा टोली अहिले पनि समयमा नै गगन विरुद्धको अभियानमा सक्रिय भएर लागेको छ । उनीहरु पछि संसदीय दलमा पुग्नभन्दा पहिले संसदमा नै जानबाट रोक्ने अभियानमा छन् । यो गगनको उचाइबाट आत्तिएको राजनीतिक परिदृश्यले सिर्जना गरेको अभियान हो ।

गत असार ५ गते कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताउँदै यसै पटकको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताए । यही संसदीय निर्चानपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने भन्दै गगनले अब पुस्तान्तरण हुनै पर्ने भएको बताए । ुयसपालि त प्रयास गर्ने हो । सकिन्छ सकिँदैन थाहा छैन, तर प्रयास अवश्य गर्छु,’ थापाले कार्यक्रममा भनेका थिए । थापाले थपेका थिए, ‘उहाँहरू सबैप्रति मेरो सम्मान छ । तर अबको चुनावपछि कुनै पनि पार्टीको कोही व्यक्ति फेरि प्रम भइदिएर नेपाललाई थप गुन लगाइदिनुपर्ने कारण छैन । अब हामीलाई मौका दिनुस् । हामी हाम्रो पुस्ताका साथीहरू बीच प्रतिस्पर्धा गर्छौँ । हामीले पनि केही अनुभव गरेर आइसक्यौँ । सक्यौँ भने डेलिभर गर्छौँ, नत्र हामीलाई हटाएर अर्को आउँछ ।’

गगन राजनीतिका यस्ता सक्षम पात्र हुन् । जसले अठोट लिएपछि त्यो योजना पूरा गरेरै छाड्छन् । १३ औं महाधिवेशनका महामन्त्री पदमा उम्मेदवारी दिँदै गर्दा गगन थापालाई धेरैले बेला नभएको भनेर खिसिट्युँरी गरेका थिए । उनले त्यतिबेला पनि उम्मेदवारी दिएरै छाडे । त्यतिबेला पराजित भएपनि उनले अर्काे महाधिवेशनको लागि आधार तयार पारेका थिए । १४ औं महाधिवेशनमा उनी महामन्त्री भएरै छाडे । यसरी नै अहिले प्रधानमन्त्री बन्ने घोषणा गरेका गगनलाई काँग्रेस वृत्तभित्रैबाट षड्यन्त्रपूर्वक हराउने प्रयासमा एउटा टोली लागेको छ ।

अहिले काँग्रेसको केन्द्रीय प्रतिनिधिहरुमध्ये नै केही गगन थापाको उचाइलाई रोक्न लागि परेका छन् । केहीले स्पष्ट रुपमा नै गगनको प्रधानमन्त्री हुने बेला नभएको अभिव्यक्ति दिएर कित्ता क्लियर गरिसकेका छन् भने केहीले संकेत मात्रै गरिसकेका छन् । तर गगन आफ्नो राजनीतिक उचाइलाई नियन्त्रण गर्न चाहँदैनन् । अरूले प्रधानमन्त्रीको सोचाइसमेत नराखेको बेलामा गगनले प्रधानमन्त्री बन्ने उद्घोष नै गरिदिएका छन् ।

त्यसो त अरुको जस्तो राजनीतिमा गगनको धेरै समय छैन । उनले अबको १० वर्षपछि राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् । यसले पनि आफ्नो भिजन स्थापित गर्न उनलाई यो कार्यकालमा प्रधानमन्त्री बन्नै पर्ने दबाब छ । विश्वमा नै सिद्धान्ततः एउटा भिजन भएको नेतालाई कम्तीमा १० वर्ष प्रधानमन्त्री बन्न दिनुपर्छ भन्ने मान्यता छ । त्यसको लागि पनि गगनलाई यसैपालि प्रधानमन्त्री बन्नुपर्ने दबाब बढेको हो । तर उनको यो दबाबसँगै उनलाई संसदीय दल र सकेसम्म सांसदमा नै हराउनुपर्छ भन्नेको भने एउटा जमात सक्रिय भएको देखिएको छ ।

गगन थापाले ९ महिना मन्त्री हुँदा देखाएकाे आशाकाे फिलिङ्गाे !

Previous article

“नो नट अगेन” मा गगनलाई राख्नुको कुनै तुक छैन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *