कला/संगीत

नव्यश्रीको पहिलो सर्ट फिल्म ‘महाकाली’ को पोस्टर सार्वजनिक

0

भारतीय सोसल मिडियास्टार नव्यश्री(मञ्जु थापा) को पहिलो सर्ट फिल्म ‘महाकाली’ को पोस्टर सार्वजनिक भएको छ । १० डिसेम्बर २०२३ मा  ओएसआर नेपाल डिजिटलमार्फत रिलिज हुने महाकाली फिल्म यतिखेर धमाधम छायाँकन भैरहेको छ ।

भारतमा सोसल मिडियाका क्षेत्रमा परिचित नव्यश्री अहिले नेपालमा आफ्नो करियरको पहिलो फिल्मको तयारीमा व्यस्त छिन् । फिल्मको पोस्टर  हालै सार्वजनिक भएको छ ।  ‘महाकाली’ नाम रहेको फिल्म दुई साधारण केटीको माता कालीको भक्ति र त्यसको शक्तिमा आधारित छ । यो सर्ट फिल्म ‘महाकाली’ १० डिसेम्बर २०२३ मा ओएसआर  डिजिटलमा रिलिज हुँदैछ ।

नव्यश्री (मञ्जु थापा)ले फिल्म क्षेत्रमा आफ्नो करियर बनाउन नेपालबाट यात्रा थालेकी छिन् ।  उनी आफ्नो पहिलो फिल्ममा काम गरिरहेकी छिन् । फिल्मको पोस्टर दिपावलीको अवसरमा रिलिज गरिएको हो । पहिलो फिल्म नेपालबाट सुरू गरे पनि आफ्नो सपना बलिउडमा करियर बनाउने रहेको उनी बताउँछिन्  ।

त्यसो त नव्यश्रीलाई नेपालप्रति विशेष लगाव छ । नेपालसँग लगाव बढाउन आफ्नो जेठो दाजु  गायक उदयराज न्यौपाने र साथी नितिश चौरसियालाइ उनी श्रेय दिन्छिन् । कुनै पनि काम गर्नको लागि उचित मार्गदर्शन र सहयोग गर्ने असल गुरु चाहिने बताउने नव्यश्रीले दाजु न्यौपाने र साथी चौरसियाको साथले आफू बलियो बनेको बताउँछिन् ।

आफ्नै परिकल्पनामा डिेसेम्बरमा रिलिज हुने चलचित्र महाकालीको  बारेमा उनी उत्साहित छिन् ।  कथा एउटा सानो परिवारका दुईजना साथीको जीवनमा आधारित रहेको छ । जसले धेरै दुःखमा जीवन बिताइरहेका थिए र माता महाकालीको पूजा गर्दा माता कालीले उनीहरुको दुःख मेटिएको भन्ने आस्तिक सोचमा बनिरहेको छ । चलचित्रमा समाजलाई नारी शक्तिको अनुभूति गराउने क्रममा स्नेह, दया, माया, त्याग लगायत नारीका विभिन्न रुपहरु देखाइने नव्यश्रीले बताइने । चलचित्रमा नारीलाई यातना दिइयो भने त्यही माया गर्ने नारी पनि चण्डी, दुर्गा, महाकाली बन्छिन् भन्ने सन्देश पनि बोकेको छ ।

नवश्रीले आफू एक महिला भएको र महिलाले हरेक क्षेत्रमा सम्मानका साथ योगदान पुर्याउन समाजका महिलालाई आफ्नो अधिकार, सम्मान र शक्तिप्रति जागरुक बनाउन चाहन्छिन्।  नवश्रीको महाकाली नामक सर्ट फिल्ममा गीत/निर्माता/अवधारणा/ स्वयम् नव्यश्रीको रहेको छ भने निर्देशक- काजिश श्रेष्ठ रहेका छन् । फिल्ममा नव्यश्रीका अलावा कलाकार- लोमस शर्माको अभिनय रहने छ । फिल्ममा, गायिका- एलिना चौहान, श्रीधर अधिकारीको स्वरमा संगीतकार श्रीधर अधिकारीका गीतहरू रहनेछन् । त्यसैगरी फिल्मको कोरियोग्राफर- सरोज श्रेष्ठ,पोस्टर डिजाइनर – विजय बस्याल, फोटोग्राफर – हरि न्यौपाने, ओरेन्ज – मिक्सिङ एचबीएन किस्मत, रेकर्डिस्ट – आकाश नेपाली, स्टुडियो – ज्ञम्द्य ज्म्, क्यामेरा – अर्जुन तिवारी र टोली र सम्पादन – मिलन विश्वकर्मा रहनेछन् ।

 

भारतको सुन्दर सहर दार्जिलिङको सिलगढी निवासी सामाजिक सञ्जालस्टार नव्यश्री (मञ्जु थापा) परिचित प्रतिभा हुन् । आफ्नो प्रतिभा र सुन्दरताका कारण उनले धेरै उपलब्धि हासिल गरिसकेकी नव्यश्रीको सानै उमेरमा भएको यात्रा हो । उनले  १४ वर्षकै उमेरमा आफ्नो मोडलिङ करियर सुरु गरेकी थिइन् १५ वर्षको उमेरमा उनले प्लानेट मिस इन्डिया वर्ल्ड २०१८, मिस टिन रिपब्लिक अफ इन्डिया २०१८ र मिस नर्थईस्टको उपाधि जितेकी थिइन् । नव्यश्रीले सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू पोस्टहरू सेयर गर्न थालेपछि उनी दिव्या भारती र श्रीदेवीसँग मिल्दोजुल्दो अनुहारका कारण सामाजिक सञ्जालमा निकै छिटो भाइरल भइन्।

नेपाली काँग्रेस काठमाडौँ महानगर-४ कमिटिद्वारा भुकम्पपिडीतका लागि २ लाख ५१ हजार सहयोग

Previous article

प्रताप मल्लको सपना, दक्षिणकाली देवी र राजा त्रिभुवनको ईश्वरी मार्ग

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *