राजनीति

डा. प्रणय शमशेर राणाकाे चर्चाले तात्याे काठमाडाैँ क्षेत्र नं ५ काे राजनीति

0

डा. प्रणय यी दिनहरूमा सामाजिक अभियान्ताकारूपमा सक्रिय छन् । जनस्वास्थ्य तथा शिक्षा विज्ञका रुपमा उनले काठमाडाैँ क्षेत्र नं ५ सहित राजधानी र देशका धेरै ठाउँमा आफ्नाे सक्रिय याेगदान दिएका छन् । नेपाली सेनाका पूर्व कमान्डाे अधिकृत रहिसकेका डा. प्रणय नेपाली काँग्रेसका नेता पनि हुन् । नेपाली काँग्रेसकाे चाैधाैँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिकारूपमा उनले प्राप्त गरेका अब्बल मतले उनकाे लाेकप्रियता पार्टी संगठनभित्र पनि सबल एवम् अब्बल रहेकाे देखिन्छ ।

डा. प्रणय बाहिरीरूपमा जति आकर्षक छन् त्याेभन्दा धेरै उनी बाैद्धिक छन् । उनले इन्टरनेसनल कन्फ्लिक्ट म्यानेजमेन्टमा अमेरिकाकाे जर्जिया राज्यस्थित केनेस स्टेट युनिभर्सिटीबाट विद्याबारिधी गरेका छन् । त्यतिमात्र हैन उनले युनिभर्सिटी अफ ब्रिजपाेर्टबाट ग्लाेबल डेभेलपमेन्ट एन्ड पिस विषयमा मास्टर डिग्री गरेका छन् । बाैद्धिक क्षमताका यस्ता अन्य सर्टिफिकेट पनि छन् जसले अमेरिकालगायत विदेशमा उनकाे प्रभावशाली बसाइ तथा कमाइकाे छ्यास्छ्यास्ती अवसरलाइ प्रमाणित गर्दछ ।  तर डा. प्रणय नेपालमै केही गर्न भनेर बसेका छन् । उनी सामाजिकरूपमा सक्रिय छन् र सामाजलाइ दिशा दिन राजनीतिका माध्यमलाइ उपयाेग गरिरहेका छन् ।

देश तथा समाजप्रेमकाे प्रतीकझैँ बनेका डा. प्रणय शमशेर राणाले आगामी संसदीय चुनावमा नेपाली काँग्रेसकाे तर्फबाट काठमाडाैँ क्षेत्र नं ५ मा उम्मेदवार बन्ने आकाँक्षा प्रस्तुत गरेका छन् । कुनैबेला नरहरि आचार्यजस्ताे बाैद्धिक तथा अनुशासित व्यक्तिकाे चुनावी क्षेत्र रहेकाे काठमाडाैँ क्षेत्र नं. ५ मा डा. प्रणयले आफूलाइ प्रस्तुत गरेसँगै धेरैले उनलाइ शुभकामना तथा आशीर्वाद दिएका छन् । उनले आफ्नाे सामाजिक सन्जालमार्फत काँग्रेसकाे तर्फबाट उम्मेदवारकाे आकाँक्षी भनेसँगै धेरैले याेग्य उम्मेदवार भएकाे टिप्पणी पनि गरेका छन् ।

नरहरि आचार्यकाे चुनावी क्षेत्र भनेर चिनिएकाे काठमाडाैँ क्षेत्र नं ५ मा आचार्यले स्वास्थ्यका कारण सक्रिय राजनीति छाडेसँगै काँग्रेसकाे साख गिरेकाे छ । हाल काँग्रेस प्रवक्ता रहेका प्रकाश महतले गत चुनावमा खास केही गर्न सकेनन् भने प्रदेशमा पनि काँग्रेसकाे लज्जास्पद हार भएकाे थियाे । प्रतिकुल अबस्थामा गुज्रिरहेकाे नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ५ मा डा. प्रणयकाे आकाँक्षासँगै एकखाले राेमान्चक तरंग ल्याएकाे छ ।

बिबिध काण्डमा मुछिएका एमाले नेता इश्वर पाेखरेलकाे चुनावी क्षेत्रमा बाैद्धिक, सालिन तथा सामाजिक युवा डा. प्रणय शमशेरकाे दावीले काँग्रेसभित्र माहाेल बन्ने वातावरणमात्र हैन पाेखरेलकाे विरासतमा पनि चुनाैति थपिएकाे चर्चा चलेकाे छ । डा. प्रणयकाे दावीसँगै नेका क्षेत्र नं ५ मा नेताकाे खडेरीलाइ सम्बाेधन भएकाे छ । डा. प्रणयले क्षेत्र नं ५ मा सांसदकाे आकाँक्षा गरेसँगै काँग्रेस प्रवक्ता प्रकाश महत नुवाकाेट जाने समाचार प्रकाशित भएका छन् । त्यसैगरी यस क्षेत्रमा ५ वर्षअघि महानगरकाे मेयरमा विवेकशील पार्टीबाट उम्मेदवार बनेकी रन्जु दर्शनाले स्वतन्त्र उम्मेदवार बन्ने घाेषणा गरेकी छिन् ।

नीतिगतरुपमै ‘सार्वजनिक जमिन कसैलाइ नदिने’ निर्णय हुन आवश्यक

Previous article

कपन सङ्गीत सराेवरकाे १६ औँ वार्षिकाेत्सव सम्पन्न, नयाँ नेतृत्व चयन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *