मुख्य समाचारविचार/लेखस्थानीय

‘एण्टी गगन’ राजनीतिमा बगाउन खाेजिएकाे ‘कपन डुबान’को सत्यता

1

काँग्रेस महामन्त्री काठमाडौं क्षेत्र नं ४ मा २०७० को दोस्रो संविधान सभा निर्वाचन पश्चात सक्रिय रुपमा क्षेत्रको विकास निर्माणमा जुटेका छन । त्यसका बाबजुत अनेकन प्रहारहरुको सामना समेत उनले गरेका छन । प्रसंग कपन डुबानको । २०५२ शालको सशस्त्र द्धन्द्ध पश्चात कपनको बस्ती बढ्ने क्रम संगै यहाँको खेतहरुमा बसोबास योग्य जमिनका रुपमा परिवर्तन भए । आज एक लेखकको रुपमा यसका बारेमा लेखिरहँदा २०४६ सालको कपन बसोबासको अनुभव स्वयम संग रहेका कारण प्रमाणकै रुपमा मेरो आलेख रहने छ ।

बस्ती विकासको क्रम संगै क्रमिक रुपमा यहाँ सार्वजनैकि जग्गाहरुमा समाजिक विकासको क्रम पनि बढ्दो नै थियो । कपनको बालउद्धार मा.वि, कपन प्रहरी प्रभाग, फ्रेण्डशिप क्लब, सदाबहार खेलकुद समाज, कपन ह्याण्डबल मैदान, उसु हल, कपन संगीत सरोवर, कुहिरेको च्यान, जोरधारा खानेपानी संरक्षण संस्था र यस्ता समाजिक संस्थाहरुले प्रयोग गरेका जमिनहरु पनि विकासको एउटा महत्वपूर्ण सुचांक हो । यसका आधारमा कपन विकासको जस लिन लालायती स्थानीय सरकार र यसका अभियन्ताहरु कपन डुबानको विषय आउने वित्तिकै गगन थापा माथी धारे हात लगाउने, आलोचना गर्ने र अस्वभाविक ढंगले प्रपोगण्डा किन गरिरहेका छन यसको जवाफ माग्ने स्वाभिमान यहाँको नागरीकले लिन सक्नुपर्दछ र स्थानीय सरकारले यसको जवाफ दिन सक्नुपर्छछ ।

३२ फिटको बहावमा बग्ने कपनको खहरे खोला खै ? कसले निल्यो त्यो खोला ? कसले के कति कारणले खोला पुरेर बाटो बनायो ? यसको जवाफ खोलको किनारमा जोडिएका जग्गा धनी हुन वा घर धनी कसले दिन्छ जवाफ के स्थानीय सरकारको योजना विना वा सहभागीता वा लोभपाप विना खोला बाटो बनेको हो ? २०५४ साल देखि स्थानीय सरकारको नेतृत्व सुर्य चिन्ह भएको दलले लिइरहेको छ । जनताहरुले यो अवसर पनि उनिहरुलाई दिइरहेका छन । खोला माथी बाटो बनिरहँदा त्यसको अब्लल नेतृत्वकर्ताहरु नै आजसम्म स्थानीय सरकारको नेतृत्वमा छन । तर खोला बग्ने धेरै स्थानहरुमा आज पनि ३२ फिट देखी १२ फिट सम्मको बाटोहरु तय भएका छन ।

खोलाको किनारमै आएर घर बनेका छन । जग्गा किनवेचको साक्षी स्थानीय सरकार हुन्छ । नक्सापास स्थानीय सरकारले गर्छ । राजश्व स्थानीय सरकारले उठाउछ । वर्षा र हिँउदाको हिसाबकिताब मिलाएर राजनीति गर्छ अनि त्यहि स्थानीय सरकारका नेतृत्व गर्ने सुर्य चुनाव चिन्हका अभियन्ताहरु खोलो देखाएर गगन थापा माथी धारे हात लगाउन तम्सन्छन किन ? राजनैतिक पुर्वाग्रहका नाममा आफनै आत्माले धिर्कार्ने कार्यहरु गर्न थोरै भए पनि लज्जाबोध हुनुपर्ने होइन । यहाँका स्थानीय जनताहरुको आवजको सम्मान गर्नु पर्दछ । चाँडो डुवानको समस्या हटोस भनेर कामना गर्ने नागरीकहरु प्रति हातेमालो गर्नुपर्दछ तर भोटको राजनीतिमा रमाउने , र खोलो पुरेर कमाउने स्थानीय सरकारलाई यहाँका नागरीकले मुर्दावाद भन्न सक्ने चेतनाको पनि विस्तार हुनु जरुरी छ ।

हिजाेको समस्या समाधान गर्नका लागि अनवरत सत्तामा हुँदा होस वा विपक्षमा बजेट नआएको कुनै वर्ष छैन । तर पनि गगन थापालाई औला उठाउदै खोलो पुर्ने अनि घरजग्गा बेचविखन र नक्सा पास गरेर दिनेहरुले विरोध गर्नुको कुनै तुक छैन । यउटा कुरा पक्का हो गगन थापा प्रति गरिएको विश्वाशका कारण डुबान समस्या चाडै समाधान गर्नका लागि दवाव दिनु भने न्यायीक धर्म पनि हो ।

अहिले कपनको डुबानबाट प्रत्यक्ष रुपमा बुढानिलकण्ठका जोरधार बाट, गणेश मन्दिर हुँदै साततल्ले सम्म पुग्दा ९० घरहरु प्रभावित हुन्छन । ११ को आनीगुम्बा बाट कारखाना चोक सम्म करिब ४६ घरहरु प्रभावित छन । सबैभन्दा बढि प्रभावित भनेको बुढानिलकण्ठ १२ नं वडा हो जहाँ आनीगुम्बा बाट तरकारी बजार सम्मको अधिकांश स्थानहरु डुबानमा पर्ने गरेका छन । करिब २२५ घर वर्षा याममा ठुलो मारमा पर्छन । सो संगै काठमाडौं महनागरपालिका वडा नं ६ र ७ का ४१ घरहरु पनि प्रभावित हुन्छन् ।

यो डुबानको महत्पूर्ण विषय भनेको काठमाडौं महानगरपालिका तर्फका घरहरु कम प्रभावित छन किनकी त्यहाँ खोलाका मापदण्ड एकाध बाहेकका ठाँउमा पुर्ण रुपमा पालना गरिएको छ । साविक कपनको १ र ३ नं वडा हाल बुढानिलकण्ठको १२ र १० रहेको छ । २०५४ सालको स्थानीय तह निर्वाचन पश्चातको नेतृत्वमा रहेको धेरै स्थानीय जनप्रतिनिधीहरु तत् समयमा भएको विकास नै अहिले विनासको कारण बनेको स्विकार गरिरहेका छन तर सोहि पार्टी का नेतृत्वकर्ता प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार त्यहि संरचनाको माथी बसेर गगन माथी तल्लो तहको आरोप उत्रिन्छ । समस्याको जड बोकेकोहरुको संरक्षणमा लागेर समस्या समाधानमा जुट्ने सांसद संगको सहकार्य पो हेर्न लायक हुन्थ्यो होला ।

तसर्थ, कपनको डुबानबाट पिडित नागरीक, व्यवपारी , विद्यालय सञ्चालक तथा सरोकारवालाहरुको एकता र हातेमालो नै डुबान समस्याको समाधान हो । गाली, गलौज र चाटुकारीता अनि घटिया राजनैतिक चरित्र एण्टी गगन क्यापिङ्क मात्रै हो । यसले परिवर्तनको उत्साह बोकेको क्षमतावान युवा नेतालाई निरुत्साहित होइन । उत्साहित बनाउछ । समस्याको समाधानको एक मात्रै विकल्प भनेको गगनको होस्टेमा यहाँको जनताको हैसे हुनुपर्छ न कि कुनै अमुक राजनैतिक दलको एजेण्डा अनि स्थानीय सरकारको लाजको संरक्षक । जय नेपाल

७० लाख वृक्षाराेपण हुँदै

Previous article

‘गाैतम’ थर काे उद्गमस्थल पश्चिम रूकुमकाे ‘गाेतामकाेट’

Next article

You may also like

1 Comment

  1. पिउने पानी ,फाेहाेरढल ,बिजुली ,टेलिफोन ,
    यातायात, शिक्षा ,स्वास्थ्य ,राेजगार र आवासकाे
    क्षेत्रमा गगन थापा  र राजन भट्टराईको   दिर्घकालिन ब्यवस्थापनकाे याेजना  के र कस्ता  छन सधै डम्फू र तबेला मात्रै ठाेक्ने हाेर कमेन्ट वा इनबक्समा पाए ।
    आभारी र धन्य  हुने थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *