बुढानिलकण्ठ नगरपालिकामा ०७४ सालमा भएकाे स्थानीय तह चुनावमा नेपाली काँग्रेसले लज्जास्पदरूपमा हार बाेहेरेकाे थियाे । यसरी चुनावी नतिजा कमजाेर आउनुमा विजेता बनेकाे नेकपा एमाले बलियाे भएरमात्र नभैकन काँग्रेसकाे उम्मेदवार छनाैटदेखि आन्तरिक किचलाेसम्मले भूमिका खेलेकाे थियाे । चुनावमा आएर निजी कुण्ठाका कारण चिनिएकै पात्रहरु नै सूर्यमुखी काँग्रेस बन्ने पूरानाे चलनकाे शिकार बनेकाे काँग्रेस नतिजामा पराजित भएपछि कहिँकतै पनि दृष्यमा आएकाे देखिएन । कमजाेर आकंलन गरिएका उद्धव खरेलले दुइतिहाइ बहुमतका साथ स्थानीय सरकारमा राज गरेपछि विक्षिप्त भएकाे काँग्रेसले पाँचवर्ष उद्धव खरेलले गरेका यावत् विसंगति एवम् भ्रष्टाचारलाइ माैन बनेर हेरिरह्याे ।
एकाध कर्मकाण्डीय स्वरूपकाे ज्ञापनपत्र बुझाउने कामबाहेक काँग्रेस आफैमा रनभुल्ल रह्याे । धेरैले काँग्रेसले गतिलाे प्रतिपक्षी भूमिका निभाएकाे भए उद्धव खरेलकाे सत्तामा भएका व्यापक अनियमितताहरू निस्तेज हुन सक्थ्याे भनिरहे पनि काँग्रेसकाे संगठन एवम् पराजित उम्मेदवारहरू कहिँ दृष्यमा भने देखिन पाइएन । यसकाे पछाडि या त काँग्रेसले एमाले सत्ताकाे यावत् कमजाेरीलाइ संकलन गरेर चुनावी मुद्धा बनाएर अबकाे चुनावमा प्रयाेग गर्न चाहन्थ्याे या काँग्रेस के गर्ने ? के नगर्ने ? वा कसले गर्ने ? कसरी गर्ने ? भन्ने बारेमा निचाेडमा पुग्नै सकेन ।
अन्ततः केही नगरेरै काँग्रेसले पाँच वर्ष कटायाे । यत्ति भन्न सकिन्छ, काँग्रेसले चाहेकाे भए उद्धव खरेल नेतृत्वकाे नगरपालिकालाइ गाैँडागाैँडामा राेक्न तथा दुख दिन सक्थ्याे । कतिपय बाेल्नै पर्ने विषयमा पनि काँग्रेस चुपचाप नै रह्याे, यसअर्थमा मेयर उद्धव खरेल भाग्यमानी नै हुन् ।
त्यसाे त, उद्धव खरेल काँग्रेसकै कारण सदैव भाग्यशाली बन्दै आएका छन् । ०५४ काे स्थानीय चुनावमा पनि तत्कालिन चपली भद्रकाली गाविसकाे अध्यक्ष हुँदा काँग्रेसकाे एक प्रभावशाली समूहले भाले चिन्ह लिएर चुनावमा उठ्दै सूर्य चिन्हमा मतदान गरिदिँदा नजितिने बाजी खरेलकाे हात पारेका थिए । ०७४ काे स्थानीय तह चुनावमा पनि ०५४ का भाले चिन्हवालासहित एउटै ठूलै काँग्रेस जमात सूर्यमुखी बन्न पुग्दा खरेल सहज चुनाव जित्ने अबस्थामा पुगेका थिए ।
आउँदाे ०७९ बैशाख ३० गते फेरि हुने स्थानीय तहकाे निर्वाचन हुँदैछ । याे निर्वाचनका लागि काँग्रेसले गरेकाे तयारी जनतासम्म नपुगे पनि आधा दर्जनभन्दा धेरै आकांक्षीहरू भने मेयरका लागि भनेर बजारमा मन्द मन्द सक्रिय छन् । तथापि उनीहरूकाे सक्रियतामा मेयर टिकट आफैले पाइन्छ वा पाउनुपर्छ भन्ने आत्मबल भने खासै देखिदैन । नेतृत्वले पत्याएर दिइ पाे हाल्छन् कि भन्ने झिनाे आकांक्षामा उनीहरू सुस्त गतिमा सक्रिय छन् । जबकि वर्तमान मेयरकाे किंकर्तव्यविमुढता एवम् विसंगतिका सयाैँ दृष्यका अगाडि काँग्रेस उच्च प्रदर्शनका साथमा जनताकाे मनमा राज गर्ने अबस्थामा हुनपर्ने थियाे ।
उद्धव खरेलकाे नेतृत्वले चाैतर्फिरूपमा असरल्ल पारेकाे बुढानिलकण्ठ नगरपालिकामा काँग्रेस पनि असरल्ल छ । काँग्रेसले जित्नसक्ने पात्रकाे चयनमा ध्यान पुर्याउन सकेकाे छैन । आकांक्षीहरूमध्यकाे काे चाहि ठीक हाेला भन्ने मापदण्ड पनि काँग्रेसले तय गरेकाे देखिदैन । आकांक्षीहरूलाइ पार्टीभित्रकाे शक्तिकेन्द्रकै भरमा टिकट पाइने मनाेविज्ञान जराे गाडेर बसेकाे छ । उनीहरूले आफूलाइ जनसबालमा मुखरित गरेका छैनन् । केन्द्र तथा प्रदेश महामन्त्रीकाे क्षेत्र भएर पनि गतिलाे उम्मेदवारकाे तयारी नगरेकेा भनेर गगन थापा र राजु श्रेष्ठकाे कताकति आलाेचना पनि भएकाे छ ।
यही असरल्ल अबस्थाका बीचमा काँग्रेसका ६ जना आकांक्षीहरू यतिखेर मैदानमा देखिन्छन् । राजाराम बुढाथाेकी, विनाेद चालिसे, अच्युत पाैडेल, गाेकर्ण केसी, भाेला लामिछाने, रामकृष्ण केसी र इन्द्र थापाले आफूलाइ आकांक्षीकाे सूचिमा राखेका छन् । तर उनीहरू कसैले पनि आधिकारिकरूपमा दावी भने गरेका छैनन् ।
आकांक्षीहरूमध्ये नगर सभापति पनि रहेकाले राजाराम बुढाथाेकीलाइ सहज आकांक्षीकाे रूपमा लिइएकाे छ । बुढाथाेकीले आफू स्वभाविक आकांक्षी रहेकाे बताउने गरेका छन् । चुनावमुखी सक्रियताका हिसाबले हेर्ने हाे भने बाँकी आकांक्षीभन्दा बुढाथाेकी अगाडि देखिन्छन् । नगर सभापति भएपछि उनले संगठनलाइ सहज र प्रभावकारी परिचालन गरेकाे भनेर प्रशंसा पनि भएकाे छ । तर बुढाथाेकीले आफूले किन मेयरमा आकांक्षा राखेकाे ? नगरप्रमुखका लागि किन उनी सक्षम व्यक्ति हुन् ? र जित्ने आधार के ? भन्ने कुरामा भने केही भन्न सकेका छैनन् । बुढाथाेकीलाइ बुढानिलकण्ठमा गगन थापा र प्रकाशमान सिंह दुवैजनाकाे निकट व्यक्ति हुन् भनेर चिनिने गरिन्छ ।
बुढाथाेकीझै वडा नं ११ का विनाेद चालिसे पनि मेयरका आकांक्षी हुन् । महाधिवेशन प्रतिनिधि रहेका चालिसे पूर्व क्षेत्रीय सचिव हुन् । शिक्षक पृष्ठभूमिका उनकाे छवि कवि गीतकारका रूप पनि सार्वजनिक छ । पढेलेखेका व्यक्तिकाे परिचय बनाएका चालिसे नेता गगन थापाकाे निकट मानिन्छ । चालिसेले नेपाली काँग्रेसकाे १४ औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनमा पुर्याएकाे याेगदानले पनि उनी मेयर टिकटकाे हकदार हुन् भनेर भनिने गरिए पनि उनले आफ्नाे दावीकाे पुष्टि भने गरेका छैनन् । दाैडधुप भने उनकाे पनि देखिन थालेकाे छ ।
प्रकाशमान सिंहकाे निकट भनेर चिनिएका गाेकर्ण केसी हाल नेपाली काँग्रेस काठमाडाै जिल्ला उपसभापति हुन् । ०४२ सालका सत्याग्रहदेखिकाे इतिहाससँग जाेडिएकाे केसी सक्रिय
राजनीतिकर्मी भने हैनन् । उनले खुलेर आफु मेयरकाे आकांक्षीसम्म भनेका पाइदैन तर सिंह निकट भएकाले उनले पाउने भनेर हल्ला भने चलेकाे छ । काठमाडाैँ क्षेत्र नं ५ का भएकाले पनि केसीकाे संभावनालाइ प्रश्न चिन्ह लगाउनेहरू देखिन्छन् । आकांक्षीहरूमध्ये स्वच्छ एवम् खारिएका नेताकाे सूचिमा राख्न सकिने केसी नेपाली काँग्रेस बुढानिलकण्ठकाे पूर्व नगर उपसभापति पनि हुन् ।
आकांक्षीका सूचिमा रहेका रामकृष्ण केसी एवम् भाेला लामिछाने पनि प्रकाशमान सिंह निकट भनेर चिनिने गरिन्छ । कपनका केसी र चपलीका लामिछाने पूराना नेताकाे काेटीमा पर्छन् । केसी तथा लामिछानेले आफ्नाे आकांक्षालाइ अनाैपचारिकरुपले व्यक्त गरे पनि आफ्नाे दावीकाे मजबुतिका बारेमा भने बाेलेका छैनन् । कपनकै अच्यूत पाैडेलले पनि मेयरकाे आकांक्षा राखेकाे छन् । वडा नं ११ मा वडाध्यक्ष पदकाे उम्मेदवार घाेषणा गर्ने कार्यक्रममा पाैडेलले खुलेर मेयरकाे आकांक्षा व्यक्त गरे । ०७४ काे निर्वाचनमा वडाध्यक्षमा पराजित पाैडेल गाविसकालीन जनप्रतिनिधि पनि हुन् । उनकाे दावीकाे आधार भने पुष्टि भएकाे छैन ।
मेयरकाे आकांक्षा राख्ने नामहरूकाे सूचिमा इन्द्र थापा पनि छन् । चपलीका थापा काँग्रेस बुढानिलकण्ठभित्र अवसरवादी नेताकारूपमा खाेइराे खन्ने गरिन्छ । थापालाइ ०५४ र ०७४ दुवै स्थानीय तहकाे चुनावमा काँग्रेस हराउन लागेकाे मजबुत आराेप लाग्ने गरेकाे छ। छुट्टै कुरा हाे, आराेप नै आराेपका बीच पनि थापा यतिखेर संगठनमा काठमाडाैँ जिल्ला सचिव पनि हुन् । थापाबिरूद्ध हाल बुढानिलकण्ठ काँग्रेसभित्र नै भाले काटेर खाने अभियान नै शुरू भएकाे छ । क्षेत्र नं ४ तथा बुढानिलकण्ठमा दुवा तुरूप भनेर उपनाम पाएका इन्द्र थापा समय समयमा गगन थापा, राजु श्रेष्ठ, प्रकाशमान सिंह, सबुज बानियाँ सबैकाे मान्छे बन्न भ्याइ सकेका छन् । हाल उनी नेपाली काँग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँलाइ मित हुन मेरा भन्दै हिँडेकाे सुन्न पाइन्छ ।
Comments