बुढानिलकण्ठ नगरपालिकामा नयाँ मतदाता दर्ता गर्ने क्रममा किर्ते कागजात बनाएकाे विषय पेचिलाे बन्दै गएकाे छ । सबैभन्दा धेरै जनसंख्या भएका बुनपाका वडामा याे किर्ते बसाइ सराइ गरेर मतदाता थप्ने अभियानमा सिंगाे एमाले पार्टी पङ्ति नै लागेकाे देखिएकाे छ । एमाले नेता तथा कार्यकर्ता नै किर्ते कागजसहित भेटिएकाे मात्र नभै एमालेले नै जितेकाे वडाका पञ्जिकाधिकारीकाे किर्ते हस्ताक्षर तथा किर्ते कागजात भेटिएका छन् ।
वडा नं १२ काे पञ्जिकाधिकारीकाे कागजमा वडा नं १० काे सचिवकाे नाम लेखेर किर्ते हस्ताक्षर पाइएकाे छ । भने वडा नं १० का सचिवकै सक्कली हस्ताक्षर भएकाे तर दर्ता नभएकाे कागज पनि भेटिएकाे छ । आफ्नाे वडामा यसरी जानाजान यसरी गलत काम गराउन ती वडाहरुका वडाध्यक्ष स्वयम् लागेका गुनासाे भैरहेकाे बेला वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराइले एक विज्ञप्ति प्रकाशित गरी आफ्नाे कुनै संलग्नता नभएकाे बताएका छन् ।
आफ्नै वडाकाे पञ्जिकाधिकारीकाे कागजमा किर्ते बसाइसराइ बनेकाे प्रमाण भेटिँदा पनि जिम्मेवारी बाेध नगरेर भट्टराइले विज्ञप्ति प्रकाशित गर्नुलाइ चाैतर्फि आलाेचना भैरहेकाे छ । लामाे समयदेखि सुशासन समितिकाे संयाेजक बनेर आफूलाइ खुशी पार्ने र नपार्ने कर्मचारीलाइ यता र उता गर्दै बिताइरहेका भट्टराइ पछिल्ला समय बिहानै वडा कार्यालय जाने गरेकाे आराेपकाबीच किर्ते कागजात बाहिरिनुसँग धेरैले उनकाे भूमिकालाइ संदिग्ध मानिरहेका छन् ।
वडाध्यक्षमा नयाँ कार्यकालमा चुनिएपछि पनि सुशासन समितिमै परेका भट्टराइ एमाले नेता डा राजन भट्टराइ निकट मानिन्छन् । डा भट्टराइलाइ चुनाव जिताउनका लागि ६ महिना अघि नै गरिएकाे प्रपञ्च भनेर आराेप लागिरहेकाे छ । अहिले देखिएकाे किर्ते प्रकरणकाे परिदृष्यमा देखिएका कागज बाेकेर जाने ध्रुव भट्टराइ, वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराइ तथा वडा नं १० वडाध्यक्ष नवराज भट्टराइ सबै डा भट्टराइसँग सम्बन्धित व्यक्ति भएकाले किर्तेकाे लहराे डा भट्टराइकाे चुनावी जीतका लागि हुनसक्ने सहज अनुमान गर्न सकिन्छ ।
यस विषयमा वडा नं १२ मा हाल वडा सचिव रहेका मनिष भट्टराइ याे पूर्णरूपमा किर्ते कागज हाे, यस कागजकाे दर्ता वडामा छैन । वडामा दर्ता नभएकाे कागजका बारेमा हामी जवाफदेही नभएकाे उनकाे तर्क थियाे । हस्ताक्षर किर्ते तथा दर्ता नभएकाे भए पनि वडाकाे कागजात तथा छापलाइ कसले दुरूपयाेग गरिरहेकाे छ भन्ने कुरासँग चुनाव जित्नका लागि हुने प्रपञ्चकाे सानाे अंश भनेर अनुमान गर्न भने सकिन्छ । यद्यपि निष्पक्ष छानविनका लागि विपक्षी पार्टीहरूले निर्वाचन आयाेगदेखि सिआवीसम्म निवेदन दिइसकेकाे हुँदा यसले दाेषीकाे टुङ्गाे लाग्ला । दाेषीकाे टुङ्गाे नलागिन्जेल सामान्य घटना परिघटना केलाउँदा संघ र प्रदेशकाे चुनावमा जित्नका लागि फेक डकुमेन्ट बनाएकाे पुराना अनुभव पनि रहेकाे नेकपा एमालेमाथि औँला ठड्याउने ठाउँहरू प्रशस्त छन् ।
०७४ काे चुनावकाे पूर्वसंध्या पनि तत्कालिन जिल्ला सदस्य दीपक निराैलाकाे घरमा रातारात मतदाता फाेटाे खिचिएकाे थियाे । साे केसमा निराैला एकरात हिरासतमा बस्न परेकाे थियाे । यद्यपि रातारात फाेटाे खिचाएकाे केसमा निराैलाकाे पार्टी भने उनीसँग खुसी भएर उनलाइ प्रदेश सांसदकाे टिकट दिएकाे थियेा । यसपाला किर्ते कागजात बनाएर मतदाता बढाउन गरेकाे खेलवापत काे पुरस्कृत हुने हुन् त्याे भने हेर्न बाँकी छ ।
Comments