- आकाश शर्मा
गाइजात्राकाे सप्ताह चलिरहेकाे छ, असली गाइजात्राकाे मिति नजिकिँदै छ । चारैतिर गाइजात्राका बिभिन्न कार्यक्रम चलिरहेकाे छ । त्यसमाथि काँग्रेस त गाइजात्रे पार्टी भयाे, यसमा गाइजात्रा सँधै नै चलिरहन्छ । तर हैन, काँग्रेस बडाे बिन्दास गाइजात्रै पार्टी हाे । त्यसमाथि पनि बुढानिलण्ठ र क्षेत्र नं ४ काे काँग्रेसकाे त के कुरा गर्नु झनै बिन्दास पारा छ । गर्नुपर्ने कुरा गर्दैन, नगरे पनि हुनेजस्ता काम कुरामा धेरै ध्यान दिन्छ यताकाे काँग्रेस । बुढानिलकण्ठमा स्थानीय जनप्रतिनिधि कै प्रत्यक्षझैँ संलग्नतामा किर्ते कागज गरेर नयाँ मतदाता बनाएका घटनामा काँग्रेस किन यति सुस्त छ ? कसैले पनि पटक्कै बुझ्न सकेकाे छैन ।
किर्ते प्रकरणमा गगन थापा संसदीय कार्यालयबाहेक काेही भिडेकाे देखिदैन । हुन त चुनाव जित्ने वा हार्ने गगन थापाले नै भएकाले उनी त भिड्न परिगाे । र पनि सन्ताेष भण्डारीकाे सामान्य भनाभनका विषयमा ठाउँकाे ठाउँ विज्ञप्ति निकाल्ने काँग्रेस किर्तेजस्ताे संगीन विषयमा कतै उत्साहित देखिदैन । जिल्ला निर्वाचन कार्यालय पुग्दा पनि काँग्रेसमा स्थानीय चुनावकाे तुष छल्किरहेकाे थियाे । काँग्रेस साँच्चै बिन्दास नै पार्टी हाे । काँग्रेस गाइजात्रै पार्टी नै हाे ।
बिन्दास गाइजात्रे हुने क्रममा मंगलवार बिहानी अर्काे बजि न अयला स्वरूपकाे बिन्दास गाइजात्रे कार्यक्रम सम्पन्न भएकाे छ । नेका वाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठले स्थानीय चुनावमा काँग्रेस पराजित भएकाे लगभग ३ महिना पूग्न लागेकाे मितितिर पारेर धन्यवाद् कार्यक्रम आयाेजना गरे । सबैलाइ लाै न याे के काे धन्यवाद् हाेला ? भनेर चासाे हुनु स्वभाविक थियाे । ०७४ मा मेयर पदमा उठेर पराजित भएपछि प्रमुख प्रतिपक्षकाे भूमिकामा कतै देखिएनन् मात्र हैन ५ वर्ष पार्टी सभापति हुँदा गुटग्रस्त वातावरणमात्र बनाएकाे आराेप लागिरहने प्रदेश महामन्त्री श्रेष्ठले आफू महामन्त्री भएकाे खुशीयाली साँटेका रेछन् धन्यवाद भेला का नाममा ।
महामन्त्री भएकाे लगभग ८ महिनापछि श्रेष्ठले दिन लागेकाे धन्यवादभित्रकाे गाँठी कुरा त सबैले अनुमान गरिसकेका थिए । त्यसैले हाेला उपस्थितिमा खासै उत्साह थिएन । उपस्थित भएकाहरूलाइ चासाे चाहिँ थियाे, राजु श्रेष्ठले किन एक्कासी धन्यवाद सभा बाेलाए, बेला न कुबेला ! प्रदेशसभा सदस्यहरू राधा घले र नराेत्तम वैद्यसहित नेता कार्यकर्ता उपस्थित भेलाकाे आशय तब बुझियाे जब राजु श्रेष्ठले सुरूमै सुप्रभा घिमिरेलाइ सम्झिए ।
उनले सुप्रभा घिमिरेलाइ सम्झिएनन् मात्र उनकाे याेगदान महत्वसहित धेरै कुरा फूलबुट्टा भरेर उनलाइ दाेस्राे संबिधानसभामा टिकट नदिएकाेप्रति ९ वर्षपछि गुनासाे पनि गरे । याे ७० सालकाे कुरा गरेका थिए श्रेष्ठले जुनबेला सुप्रभा घिमिरेकाे ठाउँमा गगन थापालाइ काठमाडाैँ ४ बाट काँग्रेसले उम्मेदवार बनाएकाे थियाे । श्रेष्ठले ०७९ काे चुनावकाे घाेषणापछि धन्यवाद् सभा बाेलाएर याे विषयलाइ उठान गर्नुसँग लाक्षणिक हैन वास्तविक आशय नै गगन थापाकाे बिराेध गर्नु थियाे । कुनै विशेष कारणबिना गगन थापाकाे बिराेधी बनेकाे भनेर भनिँदै आएका श्रेष्ठ नेपाली काँग्रेसकाे चाैँधाै महाधिवेशनमा गगन थापा समूहबाटै महाधिवेशन प्रतिनिधि बनेका थिए । उनकाे टिम छिन्नभिन्न तथा कमजाेर भएपछि गगन थापाले आफ्नाे टिममा राखेर श्रेष्ठलाइ जिताएका थिए । महाधिवेशनकाे क्षेत्रीय अधिवेशनमा उनी गगन थापा क्याम्पमा आएर चुनाव लडिदिँदा नराेत्तम बैद्य, साधुराम श्रेष्ठ, कर्माछिरिङ शेर्पा तथा अनार बस्नेतलगायतका नेताहरू पराजित हुन परेकेा थियाे । थापा क्याम्पबाट लडेका महाधिवेशन प्रतिनिधि हुन पाएकै कारण श्रेष्ठ प्रदेश महामन्त्री हुन पाएका थिए ।
केही जगजाहेर तथ्यका बीच श्रेष्ठले धन्यवाद् सभामा गगन थापामाथि शैलेश सिटाैला, राेहित पाैडेललगायतका युवा नेताहरूलाइ प्राेत्साहन गरेकाे भनेर भडास पनि पाेख्न भ्याए । ३ महिनाकाे अघिकाे स्थानीय चुनावमा सक्रिय नभएकाे, फाेन अफकाे अफ भएकाे मात्र नभै वडा नं २ का वडाध्यक्ष हराउन भूमिका खेलेकाेसमेत आराेप लागिरहेकाे बेला श्रेष्ठले धन्यवाद सभा आयाेजना गरेर गगन थापा बिराेधी माहाैल सृजना गर्न खाेजेकाे देखिन्थ्याे । उनले बनाउन खाेजेकाे माहाैल कति सफल भयाे वा सफल हाेला त्याे समयले देखाउला तर गाइजात्राकाे मिति नजिकिँदै गर्दै धन्यवाद सभाका नाममा श्रेष्ठले गरेकाे जात्रा एकखाले गाइजात्रभन्दा कम भने थिएन ।
Comments