काठमाडौ। नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नं. ४ इकाई समितिले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पपिडीतलाइ सहयोग संकलन गरेर हस्तान्तरण गरेको छ । भुकम्पका कारण मानवीय र जनधनको भौतिक क्षति भोगेका पीडितका उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको हो ।

भूकम्पपीडितका लागि पार्टी केन्द्रीय कार्यालय राहत कोषमा नेपाली कांग्रेस काठमाडौ-४ इकाईले २ लाख ५१ हजार ५५५ रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । इकाई सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा एक टोली केन्द्रीय सभापति शेरबहादुर देउवा निवास पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।

दशैँ र तिहारको बीचमा नियमितरूपमा आयोजना गरिने चियापान कार्यक्रमको बजेट तथा महानगर ४ नेपाली काँग्रेस कृयाशील सदस्यबाट उठाइएको पैसासहित गरेर २ लाख ५१ हजार ५५५ रूपैँया पुर्याइएको सभापति रामप्रसाद न्यौपानेले बताए । सहयोग रकमले भुकम्पपिडीतको दुःख र पीडा थोरै भए पनि मल्हमको काम गर्ने अपेक्षा राखेको सभापति न्यौपाने बताए ।
Comments