मुख्य समाचार

विनय वर्माकाे स्मृतिमा साङ्गीतिक श्रद्धाञ्जली सम्पन्न

0

सङ्गीतकार विनय वर्माकाे स्मृतिमा एक साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली गीत सङ्गीतका क्षेत्रमा अनवरत सक्रिय रहेर सेवा गरेका वर्माकाे सम्झनामा श्रुति सङ्गीतालय र कपन सङ्गीत सराेवरकाे संयुक्त आयाेजना पर्यटन बाेर्डकाे हलमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम आयाेजना भएकाे थियाे ।

कार्यक्रममा वर्माकाे नेपाली सङ्गीताकाशमा याेगदानलाइ सम्झना गर्दै बिभिन्न कलाकारहरूले आफ्ना प्रिय गुरूका लागि सङ्गीत पस्किएका थिए । अल्पायुमा शारीरिकरूपमा विश्राम लिएका वर्माले नेपाली सङ्गीत क्षेत्रमा सङ्गीतकारका रूपमा मात्र नभै रचनाकार र गायकका रूपमा पनि विशिष्ट सेवा दिएका थिए । त्याेबाहेक वर्मा नेपाली सङ्गीत क्षेत्रमा अत्यन्त आदरणीय ‘गुरू’ पनि थिए । नेपाली सङ्गीत क्षेत्रमा हाल सक्रिय रहेर नाम कमाइ रहेका अधिकांह नामहरू विनय वर्मासँग कुनै न कुनै बेला सङ्गीतकाे शिक्षा लिएकाहरू नै छन् ।

पर्यटन बाेर्डकाे हलमा असार ३२ गते भएकाे श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा उपस्थित थिइन् बरिष्ठ सितारवादक उमा थापा । प्रमुख अतिथिकाे हातबाट स्वर्गीय विनय वर्मा तथा उनका सुपुत्र स्वर्गीय सन्ताेष वर्माकाे तस्वीरमा माल्यार्पण गरेर शुरू भएकाे  कार्यक्रममा  विनय वर्माकाे बारेमा छाेटाे वृत्तचित्र देखाइएकाे थियाे ।

नेपाली सङ्गीताकाशमा गुरूका रूपमा परिचित विनय वर्मालाइ सम्झिने क्रममा ५ वटा विशिष्ट साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे । साङ्गीतिक कार्यक्रम श्रुति सङ्गीतालयका बालबालिका विद्यार्थीहरूले गणेश भजन गाएर शुरू गरे भने श्रुति सङ्गीतालयकै प्रहर्ष महर्जनले तबला साेलाे कार्यक्रम प्रस्तुत गरे ।

साङ्गीतिक संझना कार्यक्रममा विनय वर्माकी सुपुत्री तथा परिचित गायिका सुजाता वर्माले शास्त्रीय गायन प्रस्तुत गरेकी थिइन् । साे प्रस्तुतिमा विनय वर्माका नातिहरू संकल्प वर्मा र शतक वर्माले सुजाता वर्माका लागि तबला र तानपुरा बजाएर साथ दिएका थिए । चाैथाे सांगीतिक कार्यक्रमका रूपमा  सन्ताेषभक्त श्रेष्ठ, नगेन्द्रविक्रम राइ र जगन्नाथ धगाैडाकाे शास्त्रीय सङ्गीतकाे प्रस्तुति थियाे भने अन्तिम प्रस्तुतिका रूपमा प्रशिद्ध शास्त्रीय गायक श्रीकेसी र प्रशिद्ध तबलाबादक मिलेस तण्डुकारकाे ध्रुपदकाे   थियाे ।

पर्यटन बाेर्डकाे हलमा खचाखचरूपमा  विनय वर्मा प्रशंसक तथा शुभचिन्तकहरू उपस्थित थिए । कार्यक्रम कपन सङ्गीत सराेवरका विसुकुमार केसीकाे अध्यक्षतामा भएकाे थियाे । श्रुति सङ्गीतालय र कपन सङ्गीत सराेवर विनय वर्मा आबद्ध भएकाे साङ्गीतिक संस्थाहरू हुन् ।

!! किर्ते प्रकरण, युवा महाराज र नैतिकताको खडेरी !!

Previous article

नेपालमा अझै मनसुन सक्रिय हुन सकेन, धान खेतिमा प्रत्यक्ष असर

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *