मुख्य समाचारराजनीतिराष्ट्रिय

क्षेत्र नं ४ ले नेपालीमाझ जगाएकाे आशा

0

सन् २०१३ को सेप्टेम्बर महिनामा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आफू भारतीय जनता पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको रुपमा उम्मेदवारी दिने घोषणा गरे । त्यतिबेलासम्म भारतीय जनतापार्टीप्रति कट्टर हिन्दुवादीको मत थियो भने बाँकी भारतीय काँग्रेसमय अवस्था थियो । तर मोदीले प्रधानमन्त्रीको उम्मेदवारी दिएर चुनावमा जाँदैगर्दा एकाएक माहोल भाजपातिर तेर्सियो । हिन्दुवादी नेताको रुपमा रहेका मोदी चियावालाको छविका कारण भारतभर चर्चित थिए ।

गुजरातको मुख्यमन्त्री बन्दा काम गरेर देखाएका मोदीसँग हिन्दुवादी जनताहरु धेरै आशावादी थिए भने हिन्दुविरोधीहरु यो घोषणाबाट रुष्ट भए । केही समयपछि चुनाव भयो । जसमा देशभरबाट मोदीको पक्षमा बहुमत आयो । उनी प्रधानमन्त्री भए । उनको दुई कार्यकालको शासनमा भारतमा उनीभन्दा पहिलेसम्म शासनसत्ता सम्हालेको काँग्रेस आईको हालत रसातलमा पुगेको छ भने भाजपाको देशभर स्थिति उल्लासपूर्ण बनेको छ । साथै, १० वर्षमा भारतले मोदीकै नेतृत्वमा विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने मौका पनि पाएको छ ।

बेलायतमा ५ जना उम्मेदवारलाई पाखा लगाउँदै ४३ वर्षीय ऋषि सुनक प्रधानमन्त्री निर्वाचित भएका छन् । बेलायत र भारतमा मात्रै होइन विश्वका अधिकांश मुलुकहरुमा नयाँ आम चुनावमा एउटा चर्चित अनुहारलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावी अभियानमा गइन्छ । जनताले पार्टीभन्दा पनि त्यो व्यक्तिको व्यक्तित्व हेरेर भोट हाल्ने-नहाल्ने भएकोले चर्चित र सम्भावना बोकेका व्यक्तिलाई चुनावमा अघि सार्ने गरिन्छ । यो विश्वभरका प्रजातान्त्रिक मुलुकको अभ्यास हो ।

अहिले नेपालमा प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य निर्वाचनको माहोल छ । निर्वाचनपछि प्रधानमन्त्रीको दौडमा यिनै तीन नेता देउवा, ओली र दाहालको दाबी छ । सांसदले मात्रै होइन, यी तीन प्रधानमन्त्रीका दाबेदार समेत यो आफ्नो अन्तिम पालीभन्दै जनतासँग भयादोहन(ब्ल्याक मेलिङ) गरिरहेका छन् । तर के कसैलाई दया गरेर, कसैको अन्तिमपटक प्रधानमन्त्री हुने ईच्छा पूरा गर्ने जनताको हो ? उनीहरुले एकपटकको लागि प्रधानमन्त्री बनेर मुलुकलाई के हुन्छ र उहाँहरुले मुलुकलाई के दिन बाँकी छ र एकपटक प्रधानमन्त्री बन्नु पर्‍यो ? यो कुरा मनन् गर्नै पर्ने बेला भएको छ ।

अब कुरा आउन सक्छ प्रधानमन्त्री कस्ता मान्छेलाई बनाउने ? को मान्छे प्रधानमन्त्रीको लागि योग्य छ ?  केही समयदेखि राजनीतिमा युवा नेतृत्वको चर्चा चल्ने गरेको छ । यो २०७० सालपछि बढी प्रचलनमा आएको शब्दावली हो । तर, अहिलेसम्म युवाहरु केवल संघर्षमा नै छन् । अहिले विद्यमान पार्टीहरुको कुरा गर्दा नेकपा एमाले र माओवादीमा आन्तरिक लोकतन्त्र शून्यप्रायः छ । तर नेपाली काँग्रेसमा भने नेतृत्व परिवर्तनको एउटा झिनो आशा बाँकी नै छ ।

गत असार पहिलो साता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य भएको भन्दै अब हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने समेत बताए । कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले दिएको यस्तो अभिव्यक्ति दिएपछि मुलुकभर यो घोषणले हंगामा मच्चायो । उनले अब यस विषयमा सोच्ने मात्र नभएर प्रयाससमेत गर्ने बताएका छन् । ‘कहाँ सोच्ने मात्र यसपालि त प्रयास गर्ने हो,’ उनले भनेका छन्, ‘सकिन्छ सकिँदैन थाहा छैन तर प्रयास अवश्य गर्छु ।’

उनले प्रधानमन्त्रीमा उम्मेदवारी दिने भनेपछि पहिलो पुस्ताका नेताहरु उनीविरुद्ध रणनीतिक रुपमा लागिपरेका छन् भने युवापुस्तामा नयाँ आशा पलाएको छ । धेरैले गगन प्रधानमन्त्रीको लागि योग्य रहेको भन्दै पहिलो पुस्ताका नेताहरुलाई उनले मात्रै पराजित गर्न सक्ने बताउँदै आएका छन् । उनले प्रोजेक्ट गभर्मेन्ट परियोजनामार्फत् राज्यको कुन विषयमा कस्तो एजेण्डा बनाएर अघि बढ्न सकिन्छ ? भन्नेबारेमा समेत रणनीति बनाइरहेकोले पनि धेरैले उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहिरहेका छन् । स्वास्थ्यमन्त्री हुँदा गरेको राम्रो कामले गर्दा पनि उनी अब प्रधानमन्त्रीको लागि योग्य छन् भन्ने पुष्टि भएको छ ।

अहिले दैनिक हजारौं ऊर्जावान युवाहरू जीवनयापनको लागि देश छोडेर विदेश गएका छन् । नेपाली युवामा उद्यमशीलताको भावनालाई सक्षम बनायौं भने यसले हाम्रो अर्थतन्त्र र समाजलाई राम्रोसँग बदल्छ सक्छ । त्यसैले युवा उद्यमीहरूको लागि राम्रो वातावरण सिर्जना हुने गरी नीति बनाउन सक्रिय रूपमा लाग्नु पर्ने बेला भएको छ। जुन अहिले गगन थापाले गरिरहेको कुरा हो । यसैको फलस्वरुप पछिल्ला केही वर्षमा कैयौं युवाहरू कृषि उद्यम तिर आकर्षित छन् । नेपालको शिक्षा प्रणाली तुलनात्मक रुपमा अन्य देशको भन्दा अव्यावहारिक र असान्दर्भिक छ ।

हाम्रा स्कूल र कलेजहरुबाट डिग्री लिएका विद्यार्थीहरु कि अमेरिका, अष्ट्रलिया जस्ता विकसित मुलुकका लागि ठीक छन् कि अरब, कतार जस्ता मुलुकमा श्रमिक बन्न बाध्य भएका छन् । उनीहरुलाई आफ्रनै देशमा रोजगारीको व्यवस्था गर्नका लागि व्यावहारिक र व्यावसायिक शिक्षाको साथ साथै तालिमको पनि व्यवस्था गरिनुपर्ने कुरामा लाग्नु पर्ने भएको छ । यी सबै कामको लागि प्रधानमन्त्री छान्दा एउटा भिजन भएको नेता छान्नुपर्ने अवस्था आएको छ ।

अहिले काठमाडौं क्षेत्र नं ४ मा दुई जना राष्ट्रिय नेताहरुबीच भीडन्त हुँदैछ । एकजना आफैं प्रधानमन्त्री बन्छु भन्ने घोषणा गरेर चुनावमा होमिएको उम्मेदवार छन् भने एकजना प्रधानमन्त्रीका सल्लाहकार बनिसकेका व्यक्ति छन् । एमाले नेता डा. राजन भट्टराई प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा परराष्ट्र सल्लाहकार बनेका थिए । दुवै उम्मेदवारको पार्टीमध्ये एक पार्टीले प्रधानमन्त्री पाउने सम्भावना धेरै छ ।

नेपाली काँग्रेसका महामन्त्री समेत रहेका गगन थापाले प्रधानमन्त्रीमा उम्मेदवारी दिने बताइसकेको अवस्थामा गगनले चुनाव जितेको खण्डमा मुलुकले युवापुस्ताको प्रधानमन्त्रीका दाबेदार पाउने सम्भावना रहन्छ । लामो समयसम्म बुढा नेताहरूको चंगुलमा रहेको राजनीतिमा परिवर्तन आउने सम्भावना छ । त्यसैले उम्मेदवार चयन गर्दा प्रधानमन्त्री बन्ने सम्भावना भएका नेताहरू छन् भने त्यस्ता नेतालाई छान्नु जरुरी छ ।

१०४ वर्षअघि आजैका दिन प्रथम विश्वयुद्ध समाप्तिकाे घाेषणा भएकाे थियाे

Previous article

बौद्धिकता, प्रजातन्त्र र आजको काँग्रेस

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *