- विवेक अधिकारी
बुढानिलकण्ठ समय-समयमा गलत राजनीतिक प्रवृति र संस्कारका कारण आलोचित भइराखेको घटना कुनै नौलो विषय रहेन अब । कहिले क्रसर त कहिले वासिङको बिषय, कहिले बालुवाको बिषय, कहिले भ्रस्टाचारको बिषय, कहिले कमिसनको बिषय त कहिले अनियमतताकाे विषयले बुढानिलकण्ठलाइ पछ्याइरहन्छ, समाचार बनिरहन्छ अनि यहाँका महाराजहरू उग्राइरहनुहुन्छ । मानाैँ उहाँहरूलाइ यस्ता विषयले छुँदैन । यतिखेर अप्रत्यासितरूपमा नयाँ विषय आएकाे छ बुढानिलकण्ठमा । निर्वाचित जनप्रतिनिधिकाे प्रत्यक्ष संलग्नतामा किर्ते कागजपत्र बनाएकाे विषय ।
श्रावण महिना हिन्दुहरुको बिशेष महिना, यो महिनामा मानिस धर्मकर्मका विभिन्न कार्यमा संलग्न भैरहेको हुन्छन तर येही पबित्र महिनाको सुरुवाती दिन मै बुढानिलकण्ठमा नयाँ राजनीतिक तरङ्ग छायाे । वडा नं १०, १२ र २ मा नयाँ मतदाता दर्ता गर्ने क्रममा बसाइसराइको किर्ते कागज बनाएकाे विषय गम्भीर भएर आयाे । किर्ते कागज बोकेर निर्वाचन आयोगमा पुगेका एमाले जिल्ला कमिटि प्रतिनिधि ध्रुव भट्टराई, वडा सचिव निशा बराललगायत जब रंगे हात फेला परे तब यहाँकाे जनप्रतिनिधिकाे अनियमिततादेखि नैतिकतासम्मकाे विषय छरप्रष्ट भयाे ।
वडा सचिवकै हस्ताक्षर किर्ते भएकाे पाइएपछि वडाध्यक्षहरूलाइ पनि विषयले तानिहाल्याे । वडा नं १० कै वडा सचिवकाे हस्ताक्षर किर्तेमात्र नभै दर्ता नम्बरमा समेत किर्ते गरेकाे पाइएपछि राजनीतिक दलका नेता कार्यकर्ताले निर्वाचन आयोगमै प्रतिकार पनि गरे । किर्ते कागजकेा बण्डल बाेकेर निर्वाचन आयाेग पुगेका कमरेडहरू अन्य राजनीतिक पार्टीकाे घेराबन्दीमा परेपछि कागज फ्याँकेर सिधै १० नं वडाका वडाध्यक्ष युवा महाराजका पाउमा लम्पसार पर्न पुगे।
अहिले सामाजिक संजालमा यही बिषयको गम्भीर आलोचना र खण्डनले श्रावण महिनामा सजिएकी महिला जसरी नै रंगिन बनेको छ । अचम्म त त्यो बेलामा भयाे, जब वडा नं १० का वडाध्यक्ष अर्थात युवा महाराज अनावश्यक रक्षात्मक बनेर आफ्नाे फेसबुक प्रस्तुत भए । उनी आफुलाइ केहि थाहा नभए जसरी प्रस्तुत भए । उनकाे फेशबुक स्टाटसले पद र प्रतिष्ठाको खोक्रो आडम्बरभित्र बसेर शक्तिको चरम दुरुपयोग गर्नेको नैतिकतामा लागेको खडेरी जसरी छताछुल्ल भयो सिंगो बुढानिलकण्ठ लाजले सिर झुकाउन विवश बन्यो ।
संघीय निर्वाचनमा सँधै हार बेहाेरिरहेका एमाले यसपाली पनि हारिने त्रशित मानसिकताबाट गुज्रिरहेकाे छ । प्रजातन्त्रमा हारकाे त्राश हुनु स्वभाविक हो, तर स्वच्छ राजनीतिक प्रतिस्पर्धामा हार र जीत स्वभाविक बिषय हुन् भन्ने कुराको यहाँका एमालेले बुझेझैँ देखिदैन । यस्ता महत्वपूर्ण विषयमा नेतृत्वले प्रशिक्षण नदिएकाे हो या डा राजन भट्टराई कै निर्देशनमा किर्ते कामहरू भैरहेको हो त्यो त छानबिन पछिको समयले बताउला । तर वडाध्यक्षहरूले आफ्नो हातमा डाडु पन्यु भएपछि भुइमा न भाँडामा बनेर नैतिकतासम्म नजाेगिने किर्ते काममा आफूलाइ समाहित गरेकाे विषय भने अझै सतहमै उठ्न आवश्यक छ ।
कुसंस्कारका धेरै पाटाले नेपाली राजनीति अछुतो छैन र त्यसका यावत् बाछिटाहरू बुढानिलाकण्ठसम्म आइपुगेको छ। गएको स्थानीय निर्वाचनमा रातारात पैसाका बण्डल पस्किएर भोट किनेका बिषय हुन् या अस्थायी बासिन्दालाइसमेत एमालेलाइ भोट दिने शर्तमा मतदाता परिचय पत्र बनाइदिएको बिषय होस्, जसरी पनि सत्ताको भोग र भोकले आशक्त ती पेटहरु त्यतिमा संतुष्ट नभएकै कारण भोक र भाेगको लालसा यतिसम्म पुग्यो कि आज आफ्नै वडाको अधिकारिक पत्रमा किर्ते गर्न र गराउनसम्म पछाडि परेनन् ।
कथित जनताका सेवक बनेर सत्ताको नाङ्गो नाच देखाउनेको लाज छोप्दिने कट्टु सिलाउन लागि परेका एमालेका नेता कार्यकर्ता कति सफल हुन्छन हेर्न बाँकी नै छ। तर युवा महाराज, यस्पाली तपाइँको नैतिकताको पाराकाष्ठाले सीमा नाघेकै हो । तपाइँको थुतुनो र मुतुनो एकै पल्ट जोगाउन तपाइँले जुन तरिका अपनाउन खोज्नु भयो, तपाई जनताको अगाडि झन् उदाङ्गो हुनु भएकाे छ ।
युवा महाराज, आज मदन भण्डारीको जबजले तपाइँलाई जिस्काइ रहेको छ र पुष्पलालको चस्माबाट तपाई दाेषि देखिनु भएको छ। तैपनि तपाइँको सरमा लाज नभए पनि शिरमा ताज छँदैछ तपाई युवा महाराज नै हुनु हुन्थ्याे अब किर्ते महाराज पनि बन्नु भएको छ । अतः श्रावणको यो पवित्र महिनामा भगवान पशुपतिनाथले तपाइलाई सद्बुद्धि दिउन् । मेरो शुभकामना।। जय हाेस् किर्ते युवा महाराज!!
(लेखक माओवादी केन्द्रका युवानेता हुन्)
Comments