काठमाडौं । काठमाडाैँ महानगरपालिका वडा नं ७ मा पर्ने चाबहिलमा घरदैलोको क्रममा पुगेका गगन थापालाई एक युवाले टाढैबाट चिच्याउँदै आएर अभिवादन गरे । मंसिर ४ को निर्वाचन ‘प्रधानमन्त्री छनौट गर्ने कि आजका मितिमा सम्भावना नै नभएका प्रधानमन्त्रीका विदेश सल्लाहकार छान्ने भन्नेबारे जनमत संग्रह हो । मैले त्यो जनमत संग्रहमा प्रधानमन्त्रीको पक्षमा मत दिँदैछु । मेरो मतको अपमान नगर्नुहोला ।
गगन थापाले प्रतिप्रश्न गरे तपाईं के गर्नुहुन्छ ? उनले आफू बेरोजगार रहेको सुनाए । गगनले आफू सांसद र प्रधानमन्त्री बनेपछि बेरोजगारी समस्या अन्त्य गर्न भूमिका खेल्ने आश्वासन दिए । केहीबेर भलाकुसारी भयो अनि उनको टोली अघि बढ्यो । त्यसो त ती युवाले गगन थापाको प्रोजेक्ट गभर्मेन्ट नामक कामको प्रशंसा गर्दै त्यो योजनाले आफूहरुको समस्या समाधान हुने विश्वास गरेका थिए । महामन्त्री थापाले मुलुकको कार्यकारी प्रमुख भएर गर्ने कामको आर्थिक, सामाजिक लगायतका एजेण्डा समेटिएको ‘प्रोजेक्ट गभर्मेन्ट’ नामक कामको खाका समेत मतदाता सामू प्रस्तुत गरिरहेका छन् ।
प्रत्यासी थापाले प्रस्तुत गरेको उक्त खाकामा स्वास्थ्य, सडक, भौतिक पूर्वाधार, आधारभूत र माध्यामिक विद्यालय, कृषि उद्योग तथा लगानी, श्रम तथा वैदेशिक रोजगार, अर्थ तथा कर नीति, तथा शिक्षा लगायत करिब ३ दर्जन क्षेत्रका बारे आफ्नो धारणा अगाडि सारेका छन् । उक्त योजनाको घरदैलोको क्रममा पनि प्रशस्त प्रशंसा हुने गरेका गगन थापाको सचिवालयले जनाएको छ । सबैभन्दा धेरै उनले संसदमा उठाएको जनमैत्री एजेण्डाहरुको धेरै प्रशंसक रहेको घरदैलोको क्रममा भेटिएको छ ।
घरदैलोको क्रममा नै एक जना वयोवृद्ध व्यक्तिले सांसदको भूमिका के हो ? भन्ने प्रश्नको उत्तर गगनको गतिविधिले दिने गरेको भन्दै उनलाई प्रधानमन्त्री नै बनेर पनि यसरी नै उदाहरणीय काम गर्न आशीर्वाद दिए । ‘सांसद भनेको हाम्रा आवाज, आवश्यकता र मुद्दाहरुको प्रतिनिधि भएर सम्बन्धित संसदभित्र सार्वजनिक चासोको विषय बनाउने र त्यसमार्फत् विधेयक हुँदै ऐनकानून निर्माण वा परिवर्तन गर्ने हो।
पूर्व प्रधानाध्यापक समेत रहेका ती शिक्षकले भने तर धेरैले सांसदको भूमिका विकास निर्माणमा मात्रै केन्द्रित हुने भन्छन् त्यस्तालाई म भोट दिन्न ।’ उनका अनुसार नीति निर्माणसँगै सांसद विकास कोषबाट आएको रकमबाट केही रकम पार्ने र सरकारी निकायलाई आफ्नो क्षेत्रको विकासको लागि झक्झक्याउने काम गर्न सकिन्छ । तर एजेण्डा नै विकासको राखेर सांसदको मत माग्ने होइन, नगरपालिकाको मेयरको मत माग्नुपर्छ भन्ने उनको बुझाइ थियो । सांसदले त कुनै एकका लागि नभएर, सबैका लागि कानून, नियम र नियमनहरु निर्माण गर्नुपर्ने तर्क गरे । यसको लागि गगन योग्य रहेको उनको भनाइ थियो । उनले गगन थापालाइ भने, गगनजी, प्रधानमन्त्री बन्नुस् र देश विकास गर्नुस् है ।
जनताद्वारा चुनिएका सांसदहरु दलका शीर्ष नेताहरुको आदेशपालक होइनन्, जनताको आवाज बोलिदिने प्रतिनिधि हुनु पर्छ, देशको हितका लागि योगदान दिएको र दिनसक्ने हुनु पर्छ । परिवर्तनको आवाजलाई बोकेर हिँड्न अनि डोर्याउन सक्ने इच्छाशक्ति भएको हुनुपर्छ । देश निर्माण र विकासका लागि विचार र दृष्टिकोण दिनसक्ने मात्र होइन, अवसर पाउँदा त्यसलाई कार्यान्वयन गर्नसक्ने गहिरो ज्ञान तथा सक्षमता पनि प्रदर्शन गर्नसक्ने हुनुपर्यो ।
आर्थिक रुपमा मात्र नभई नैतिक रुपमा पनि भ्रष्टहरुलाई साथ नदिएको उदाहरण बनेको हुनु पर्यो । यी सबै गुणहरु गगनमा मिल्ने भएकोले पनि पछिल्लो समय गगन थापालाई धेरैले सांसदभन्दा पनि माथि प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताउने गरेका छन् । मुलुकको सुधारिन नसकेको यो प्रणालीको सुधारका लागि गगन प्रधानमन्त्रीको रुपमा चुनाव जित्नै पर्नेमा स्थानीयले आशीर्वाद दिने गरेका छन् ।
Comments