मुख्य समाचार

सहिद गंगालाल फाउण्डेशनको कला–साहित्य कार्यक्रम सम्पन्न

0

काठमाडौं । सहिद गंगालाल फाउण्डेशन नेपाल को आयोजनामा भाद्र १४ गते शुक्रबारका दिन उपत्यकाव्यापी अन्तर माविस्तरीय कविता,निबन्ध,चित्रकला र वतृत्वकला री चार विधामा राजधानीको बाल्मिकी विद्यापीठ प्रदर्शनी मार्गमा प्रतियोगिता सम्पन्न भएको कुराको जानकारी संस्थाका महासचिव सूर्यदीप प्रसाद श्रेष्ठले हामीलाई जानकारी दिए । रचनात्मक क्षितिज ९ सहिदप्रति सम्मान कार्यक्रम अन्तर्गत सो कला–साहित्य कार्यक्रम आयोजना गर्न लागिएक, सांस्कृतिक सचेतना,प्रतिभा पहिचान,सामुदायिक सङ्लग्नता र वौद्धिक विमर्श गर्ने उदेश्यले उक्त प्रतियोगिता भएको हो ।

राजधानीका १९ विद्यालयको सहभागीता रहेको सो प्रतियोगिता अन्तर्गत चित्रकलामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो भने अन्य तीन विधामा ८ देखि १० कक्षाका विद्यार्थीको सहभागिता रहेको थियो । महासचिव श्रेष्ठका अनुसार, प्रतियोगितामा प्रथम हुनेहरूलाई नगद १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ भने दोस्रो र तेस्रो प्रतियोगी पनि पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा प्रथम हुनेहरूले माघ १६ मा हुने सहिद दिवसको मूल समारोहमा आफ्नो वक्तृत्वकला प्रस्तुत गर्नेछन् । विजयी चित्रकला सोही कार्यक्रममा प्रदर्शनमा राखिनेछ । यसैगरी पुरस्कृत निवन्ध र कविता संस्थाको जर्नलमा प्रकाशित गरिनेछ ।

आ-आफ्नो विधामा पुरस्कृत हुनेहरू

– चित्रकला तर्फः
११ देखि १२ कक्षा अन्तरगत, श्रेया श्रेष्ठ प्रथम द्वीतीय रेजिना बोहरा र तृतीय कोमल श्रेष्ठ
– चित्रकला तर्फः
८ देखि १० निबन्ध तर्फः समृद्धि कार्की प्रथम, द्वीतीय तेन्जिङ्ग ल्हामु र तृतीय आरोहण बराल
– कविता तर्फः
बन्दना बुढाथोकी प्रथम, द्वीतीय मन्दिप रिमाल र तृतीय प्रसिद्धी काफ्ले
– वक्तृत्वकला तर्फः
नन्दिता आचार्य प्रथम, द्वीतिय प्रतल शाह र तृतीय आर्यभ निरौला

कार्यक्रममा वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यता, विशेष अतिथिहरू क्रमश पूर्व वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री, संविधान सभा तथा सभासद राज्य लक्ष्मी श्रेष्ठ, शार्दूलजंग गुल्मका गुल्मपति अनिल श्रेष्ठ, संस्थाका अध्यक्ष प्रशान्त श्रेष्ठले सभापति रहेको उक्त कार्यक्रम मा दुई चरण को कार्यक्रम थियो ।

उद्घाटन समारोह तथा प्रतियोगिता चरण प्रतियोगिता भैरहेका चार कक्षमा विभिन्न मिडिया तथा टेलिभिजनद्वारा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । यस कार्यक्रममा नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजी का बिएस्सी नर्सिङका विद्यार्थीहरूले स्वास्थ्य शिविर तथा स्वयम् सेवकको रूपमा बिहान ९ बजे सुरु भएको कार्यक्रम मा बेलुका ५ बजेसम्म नै सेवा दिएका थिए । यसका लागि नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजीज बिएस्सी कार्यक्रम प्रमुख उप प्राध्यापक (मीना) पौडेल (विमुन्स)ले समन्वय गरेको कुरा संस्था का महासचिवले जानकारी दिएका हुन्।

‘मिस्टर नेपाल-२०२४’ मा प्रकृति संरक्षणको आवाजसहित प्रभावशाली प्रदर्शन गर्दै सत्यम पाठक

Previous article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *