स्थानीय

‘मिस्टर नेपाल-२०२४’ मा प्रकृति संरक्षणको आवाजसहित प्रभावशाली प्रदर्शन गर्दै सत्यम पाठक

0

काठमाडौ । मिस्टर नेपालको मञ्चमा प्रकृति तथा वन्यजन्तु संरक्षणका बारेमा प्रभावशाली आवाज़ उठेको छ । प्रकृति तथा वन्यजन्तु संरक्षणमार्फत नेपालको विकासमा योगदान दिने सकिने आवाजसहित युवा वाइल्ड लाइफ़ फ़ोटोग्राफ़र सत्यम पाठक मिस्टर नेपालको मञ्चमा प्रभाव जमाइरहेका छन् । उनी नेचर,वाइल्डलाइफ तथा एस्ट्रो फ़ोटोग्राफ़र हुन् ।

कन्जरभेसनमार्फत देश विकास गर्न सकिने साेचका साथ मिस्टर नेपाल २०२४ मा सहभागि भैरहेका पाठकले फाइनल आउनु एकसाताअघिसम्मको अबस्थामा सबैखाले क्याटागोरीमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । इन्ट्रडक्सन राउण्डमै प्रतिष्पर्धीहरूबीच सर्वोत्कृष्ट हुँदै प्रतियोगितामा दरिलो खुट्टा टेकेका उनले वेस्ट पर्सानालिटी राउण्डदेखि ट्यालेन्ट राउण्डमासम्म आइपुग्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

टप १५ मा स्थान पाउनका लागि प्रतिष्पर्धीहरूबीच बिभिन्न प्रतिष्पर्धाका साथमा इसेवा तथा ग्लोबल अनलाइन पेमार्फत भोटिङसमेत चलिरहेको छ । बुढानीलकण्ठ तौलुङ निवासी सत्यम पाठक ३१ नम्बर प्रतियोगिका रूपमा मिस्टर नेपाल २०२४ मा सहभागि रहेका छन् ।

राष्ट्रिय यु-१७ टोलीको म्यानेजरमा बुढानीलकण्ठका विजेन्द्र पुडासैनी नियुक्त

Previous article

सहिद गंगालाल फाउण्डेशनको कला–साहित्य कार्यक्रम सम्पन्न

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *