मुख्य समाचार

बुढानीलकण्ठमा फुटबल मैदान बनाउने सपना पुरा हुँदै, धनेश्वर मैदान नगरगौरव आयोजनाअन्तर्गत बन्ने !

0

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ४ मा निर्माणाधीन अबस्थामा रहेको धनेश्वर फुटबल मैदान बनाउने स्थानीयको सपना साकार हुने भएको छ । धनेश्वर फुटबल मैदान बन्ने सार्वजनिक जमिनभित्र व्यक्तिको जग्गा पारेकाले जग्गा सट्टा भर्ना वा मुआब्जा विषयको कानुनी उल्झन तथा आर्थिक व्यवस्थाको अभावमा १ दशकदेखि अन्यौल् कायम थियो । बुढानीलकण्ठ नगरपालिकाले जग्गा मुआब्जाका लागि चालु आर्थिक वर्षमा ५ करोड रूपैंया छुट्याएसँगै धनेश्वर खेल मैदानको सपना साकार हुने अबसथामा पुगेको हो।

बुढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्षमा यस खेल मैदानका लागि रकम छुट्याउनुका साथै यस खेल मैदानलाई नगर गौरवको आयोजनाका रूपमा सूचिकृत गरेको छ । नगरगौरब आयोजनाका रूपमा खेल मैदानलाई सूचिकृत गरेसँगै वडा नं ४ का जनप्रतिनिधि तथा स्थानीयले लामो सयमदेखि देखेको एक सुबिधासम्पन्न खेल मैदानको सपना साकार हुने क्षणमा पुगेको हो ।

खेल मैदान बन्ने चरणमा पुगेको बारे जानकारी गराउन बुढानीलकण्ठ नगरपालिकामा एक कार्यक्रम आयोजना गरिएको छ । वडा नं ४ का वडाध्यक्ष श्रीराम केसीको पहलमा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मैदानमा रहेको समस्या र समाधानको उपाय बारे छलफल गरिएको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पोडेल, पूर्व मन्त्री नरहरि आचार्यसहित उपस्थित भेलामा नगरपालिका मेयर मिठाराम अधिकारीले खेल मैदानमा परेको व्यक्तिको जग्गा खरिद गर्नका लागि नगरपालिकाले पाँच करोड रूपैँया छुट्याएको तथा हिउँदमा अर्को ५ करोड हालिदिने पनि घोषणा गरेका छन् । वडा नं ४ का वडाध्यक्षले फुठबल मैदान बनाउने गरेको निरन्तर पहलको प्रशंसा गर्दै मेयर अधिकारीले सो मैदान बनाउन आफू जुनसुकै मूल्यको कठिनाई भोग्न तयार रहेको बताएका छन् ।

यसअघि कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वडाध्यक्ष केसीसहित स्थानीयवासीले देखेको सपना साकार पार्न आफू दत्तचित्त रहेको बताउँदै बुढानीलकण्ठ नगरपालिकाले रकम छुट्याएको प्रति मेयर मिठाराम अधिकारीलाई धन्यवाद दिएका थिए । मन्त्री पौडेलले स्थानीय तहबाट गर्न पर्ने सबै काम सकेर मन्त्रालय तथा क्याबिनेटस्तरका कामका लागि सो फाइल लिएर हिँड्न आफू तयार रहेको पनि बताए । जग्गा किन्न तथा सट्टापट्टा गर्नका लागि देखिएको कानुनी तथा व्यवहारिक उल्झन रहेका बारे चर्चा गर्दै पौडेलले भुमिसुधार मन्त्रालय तथा क्याबिनेटबाट यो विषयलाई पास गराउन आफू सक्रिय हुने बताएका थिए ।

खेल मैदानमा जग्गा परेका जग्गाधानी, स्थानीयवासीसहितको भेलामा पूर्वमन्त्री नरहरि आचार्यले सम्बोधन गरेका थिए । यस मैदान बनाउने सुभारम्भ आचार्य मन्त्री रहेको बेला गरिएको थियो भने मैदानको पूणर्ताका लागि एमाले नेता तथा तत्कालिन मन्त्री ईश्वर पोखरेल, सांसद मिरा ध्वजुलगायतको पनि भूमिका रहेको थियो । जग्गाधनीहरूले खेल मैदान बनोस् भनेर नै एक दशकदेखि आफ्नो जग्गाका बारेमा चुप लागेर बसेको बताएका थिए ।

बुढानीलकण्ठ नगरपालिका नबन्दै पासिकोटको पश्चिमी भागको एक कुनामा रहेको सार्वजनिक जमिनलाई सम्याएर खेल मैदान बनाउने स्थानीय युवाहरूले एक दशकभन्दा अघिदेखि सपना साकार पार्न वडाध्यक्ष श्रीराम केसी हरदिन सक्रिय रहेका थिए । केसीले नगरपालिकामा प्रयास गरेका थिएनन् उनले सांसद प्रदीप पौडेललाई लिएर पटकपटक सम्बन्धित मन्त्रालय तथा मन्त्रीहरूलाई भेटेका थिए । उनकै निरन्तर सक्रियता र जोडबलका कारण नगरपालिकाले ५ करोड बजेट छुट्याएको छ । मैदान बनाउने क्रममा व्यक्तिको जग्गा परेको प्रमाणित भएपछि फुटबल रंगशालाको सुन्दर डिपिआर असरल्ल भएको छ ।

हालको चलनचल्तिको मुल्य अनुसार धनेश्वर खेल मैदानमा व्यक्तिगत परेको जमिनको करिब १० करोड जति मूल्य तिर्ने पर्ने हुन सक्छ । ५ करोडको व्यवस्था गर्ने निणर्य भएसँगै रंगशालाको सपना सहज पक्कै बनेको छ तर यो कार्यान्वयन हुन ज़रूरी छ । मैदान बनाउने निरन्तर सक्रियता र जोडबल भएन भने ५ करोड रूपैयाँ छुट्याएर पनि रक़म फ्रि हुने र समस्या जहाँको तहिँ रहने डर भने अझै छ ।

पुनम घिमिरेको नविनतम उपन्यास “दृढ पाइला” विमोचित

Previous article

पत्रकार सविन पन्तले मेक्सिको जाने २५०० डलरको दुइतर्फी हवाई टिकट जिते

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *