काठमाडौं । पछिल्ला २ महिनादेखि राष्ट्रिय राजनीतिमा रवि लामिछानेको ‘निद हराम’ पारिरहेका नेपाली कांग्रेसका महाामन्त्री गगन थापामाथि केही युटुबरले ‘आच्छु आच्छु’ पारेका छन् । गगन थापाको चुनावी क्षेत्र काठमाडौं क्षेत्र नं ४ मा पर्ने कपन डुबानको विषयलाई लिएर युटुबरहरूले गगन थापामाथि आक्रमण गरेपछि थापाको ‘निद हराम’भएको छ। युटुबरको हमलापछि थापाले आफ्नो सचिवालयलाई एक विज्ञप्तिनै प्रकाशित गर्न लगाएर व्यापक सेयर गर्न लगाएका छन् । त्यतिमात्र नभै थापाले बुढानीलकण्ठ वडा नं १० को कांग्रेस पार्टी कमिटिका साथीहरूसँग पनि यस विषयमा छलफल गरेका छन्।
केही युटुबरले बुनपा वडा नं १० कामपा र वडा नं ७ मा पर्ने चखुञ्चा खोलालाई खोलेपछि मानिसले दुःख पाएको र सो दुःख पाउनुमा गगन थापाको हात रहेको भन्ने आशयले भिडियो बनाएर प्रचार गरेका थिए।गगन थापालाई गाली गरेपछि बिकेको भिडियोसँगै थापा संसद कार्यालयले विषयलाई अतिरन्जित गर्दै चरित्र हत्या गर्ने हिसाबले श्रव्यदृष्यको प्रयोग भएको भन्दै भर्त्सना गरेको छ।
विज्ञप्तिमा ७५ वर्षयताकै ठूलो वर्षा भइरहँदा समेत कपनमा पहिलेको जस्तो समस्या नभएको भन्दै यसको सुधारक गगन थापा भएको पनि जिकिर गरिएको छ । ठूलो वर्षा हुँदा पनि कपन डुबानमा नपरेको हुनुपर्नेमा कपन क्षेत्र मात्र डुबानमा परेको जस्तो भाषा प्रयोग भएको प्रति सचिवालयले त्यस्तो भाष्य सृजना नगर्न पनि आग्रह गरेको छ ।
थापाको सचिवालयले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ बुनपातर्फ आनीगुम्बा पछाडिदेखि सुरू भएको कल्भर्ट आरम्भ चोकसम्म हुनेमा ( हाल गौरीशंकर चोकसम्म सम्पन्न भएको) बुनपातर्फ कल्भर्ट यथावत् रहने योजना निरन्तरता रहन्छ । आरम्भ चोकमा रहेको मंगलले गर्दा चौकीबाट आएको ढल फिर्ता भएको भनी स्थानीयको माग आएको हुँदा सो मंगल( ढलान) फुटाएर पानी खुलाउने काम भएको जानकारी गराउँदछौं ।
सचिवालयले जारी गरेको विज्ञप्तिलाई थापालाई “माई लर्ड” भन्ने बुढानीलकण्ठ क्षेत्रका कार्यकर्ताहरूले आफ्नो सामाजिक सन्जालमा राखेर प्रचार गरेका छन् भने थापाका बिरोधी कांग्रेसीहरू ‘खुच्चिङ’ भनेर रमिता हेरेर बसिरहेका छन् ।
Comments