काराेवार/अर्थतन्त्रराष्ट्रियसमसामयिक

पुँजीगत खर्च गर्नेमा काठमाडौंभन्दा ललितपुर र विराटनगर महानगर धेरै अगाडि

0

काठमाडौं । स्थानीय तहलाई पुँजीगत बजेट खर्च गर्न सँधै हम्मे पर्ने गरेको छ । गाउँपालिका, नगरपालिकादेखि  महानगरपालिकासम्मलाई यसपालि पनि पुँजीगत बजेट खर्च गर्न हम्मे परेको देखिएको छ । । चालु आर्थिक वर्षमा स्रोत साधनका हिसाबले बलिया मानिएको काठमाडौँ महानगरकै बजेट कार्यान्वयन निकै कमजोर देखिएको छ । खासगरी विकास निर्माणमा केन्द्रित पुँजीगत बजेट कार्यान्वयनमा ६ महानगरमा काठमाडौँ सबैभन्दा कम बजेट। खर्च गर्ने महानगरमा परेको छ ।

पालिकाले बजेट तीन शीर्षकमा छुट्ट्याउने गर्छन्,  चालु, पुँजीगत र वित्तीय व्यवस्था। दैनिक कार्य सञ्चालन र सरकारी निकायले दिने अनुदान लगायतको खर्च चालुमा पर्छ। भौतिक सम्पत्ति खरिद तथा विकास निर्माणको सबै प्रक्रियाको काममा गरिने खर्च पुँजीगत हो। पुँजीगत खर्च कम हुनु भनेको विकास निर्माणका कामहरू सुस्त हुनु हो। बजेट छुट्ट्याए पनि काम गर्न नसक्नु हो।

खर्च गर्नमा सबभन्दा कमजोर काठमाडौं महानगर देखिएको छ। काठमाडौंले २४ अर्ब २० करोड रूपैयाँ बजेटको ५१.०४ प्रतिशत (१२ अर्ब ३५ करोड रूपैयाँ) मात्र खर्च गर्न सकेको छ। आधा बजेट त कार्यान्वयन हुनै सकेन। अझ  पुँजीगत खर्च १५ अर्ब १० करोड रूपैयाँ छुट्ट्याएकोमामा ६ अर्ब ३९ करोड रूपैयाँ मात्रै खर्च गरेको छ।

वीरगञ्ज महानगरपालिको पनि खर्च स्थिति राम्रो छैन। वीरगञ्जले चालु वर्षका लागि तीन अर्ब ६९ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। खर्च भने २ अर्ब ४३ करोड रूपैयाँ गरेको छ ।   पुँजीगततर्फ एक अर्ब ८ करोड विनियोजन भएकामा बीरगञ्ज महानगरले ६८ करोड मात्रै खर्च भएको छ। यो जम्मा ६२ प्रतिशत हो।

यता भरतपुर महानगरको पूरक र थप अख्तियारीसहितको बजेट ६ अर्ब ४२ करोड रूपैयाँ थियो। खर्च भने ४ अर्ब १९ करोड रूपैयाँ मात्रै छ।  भरतपुरको पुँजीगत बजेट खर्च भने ५५ प्रतिशत मात्रै छ। भरतपुरले तीन अर्ब ६९ करोडको पुँजीगत बजेटमध्ये एक अर्ब ८९ करोड खर्च गरेको छ।

पोखरा महानगरपालिकाले सात अर्ब ८ करोड रूपैयाँ बजेट छुट्ट्याएकोमा ५ अर्ब ४० करोड मात्रै खर्च गरेको छ। यो भनेको ६८ प्रतिशत हो। त्यस्तै दुई अर्ब ५७ करोडको पुँजीगत बजेटमा ६८ प्रतिशत अर्थात् एक अर्ब ७४ करोड मात्र खर्च भएको छ।

ललितपुर महानगरले चालु वर्षका लागि ६ अर्ब ५० करोड रूपैयाँको बजेटमा ८३ प्रतिशत कार्यान्वयन गरेको छ। महानगरका अनुसार चालु वर्षमा ५ अर्ब ३९ करोड रूपैयाँ बजेट खर्च भएको छ।  ललितपुरको पुँजीगत खर्च पनि अरूको तुलनाम उल्लेख्य छ। यसले चार अर्ब रूपैयाँको पुँजीगत खर्च विनियोजन गरेकामा करिब तीन अर्ब २४ करोड खर्च गरेको छ। यो विनियोजन गरेको रकममा ८१ प्रतिशत हो।

विराटनगर महानगरपालिकाको पनि बजेट कार्यान्वयन स्थिति यसपालि राम्रो  देखिएकोछ। यसले गत आर्थिक वर्षमा जम्मा ६४ प्रतिशत बजेट खर्च गरेकामा अहिले ७७ प्रतिशत पुर्‍याएको छ। चालु आर्थिक वर्षका विराटनगरले तीन अर्ब ३६ करोडको बजेट विनियोजन गरेकामा दुई अर्ब ५२ करोड खर्च गरेको छ।  पुँजीगत बजेट ६५ प्रतिशत खर्च गरेको छ।

धान रोपिरहेको बेला चट्याङ लागेर  सम्झना विक र वसन्ती उपाध्यायको मृत्यु

Previous article

“रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्”

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *