अमेरिका । साविक विजेता अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलवार बिहान न्युयोर्कमा भएको सेमिफाइनल खेलमा क्यानडालाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक–एक गोल गरे ।खेलको २२ औँ मिनेटमा नै अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा गोल गर्दै मेसीले अग्रता दोब्बर बनाएका हुन् । यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले खेल २–० ले जितेको हो ।
Comments