जलवायुराष्ट्रिय

रातभरी वर्षा भएको काठमाडौंमा बिहानैदेखि वर्षा, कोसी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

0

काठमाडौं । रातभरी वर्षा भएको काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर बदली रहँदा विभिन्न स्थानमा वर्षा भइरहेको हो ।  कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

काठमाडौँ महानगरपालिकाद्वारा राजस्व नबुझाउने ४४ दोहोरी र रात्री क्लबलाई ताकेता

Previous article

क्यानडालाई २-० ले पराजित गर्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *