स्थानीय

काठमाडौँ महानगरपालिकाद्वारा राजस्व नबुझाउने ४४ दोहोरी र रात्री क्लबलाई ताकेता

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको छ । 

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक  लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।  उक्त अवधिभित्र कर दाखिला नगरे  नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनाद्वारा जानकारी गराएको छ । 

रास्वपाले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने !

Previous article

रातभरी वर्षा भएको काठमाडौंमा बिहानैदेखि वर्षा, कोसी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *