राजनीतिराष्ट्रिय

मुकुल ढकालको प्रतिवदेन सार्वजनिकपछि गगन थापा आफ्नो चुनावी क्षेत्रमा क्यालेन्डर बनाएर सक्रिय

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो चुनावी क्षेत्रमा सक्रिय देखिएका छन् । थापा आफ्नो चुनावी क्षेत्रका सबै वडामा कार्यक्रम बनाएर पुग्न थालेका छन् । त्यसअन्तर्गत सोमवार बुढानीलकण्ठको वडा नं ८ मा भएको एक भेलामा उनी करिब २ घण्टा  व्यस्तरहे।

गत साता रास्वपा महामन्त्री मुकुल ढकालद्वारा  सार्वजनिक भएको प्रतिवदेनमै गगन थापाको नाम र कर्मका बारेमा उल्लेख भएपछि महामन्त्री थापा यतिखेर अप्ठेरोमा परेका छन् । केही दिनपछि बन्ने ओली मन्त्रीमण्डलमा मन्त्री बनेर जानेसम्मको हल्ला चलिरहेको बेला थापा आफ्नो चुनावी क्षेत्रमा मुकुलढकालको प्रतिवदेनमा उल्लेख भएका कुराले पर्ने वा परेका असरका बारे चनाखोरूपमा निस्तेज पार्ने कसरतमा रहेको बताइन्छ।

 

असार २४ सोमवार गते भएको भेलामा वडाका अगुवा कार्यकर्ता, नेता तथा अन्यसँग थापाले अन्तर्क्रिया गरेका छन् । थापाको सचिवालयले क्षेत्रका सबै वडामा थापा आफै पुग्ने गरी बनाएको तालिकाअनुसार भएको कार्यक्रममा कस्ता कुराहरू भए भन्ने बारे भने कुनै कुरा सार्वजनिक गरिएको छैन ।  स्थानीय सुन्दरबस्तीमा रहेको नौलिन स्पोर्ट्स भिल्लामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनथापा प्रमुखअतिथिका साथै प्रमुख वक्ताकारूपमा उपस्थित भएका थिए।

क्षेत्रका हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरु आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिन लागेको थापाको संसद कार्यालले जनाएको छ ।

रास्वपाको बैठक बस्दै,  मुकुल ढकाललाई पार्टीबाट निस्कान गर्नसक्ने !

Previous article

रास्वपाले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *