राजनीतिराष्ट्रिय

गिरीबन्धुमा ओलीलाई चाोख्याउने प्रयत्नमा देउवानिकट कांग्रेस बुद्धिजिवी अरूण सुवेदी !

0

  • आकाश शर्मा

काठमाडौं । यतिखेर गिरीबन्धु चिया बगान चर्चामा छ ।   गिरीबन्धुका कारण एमाले अध्यक्ष केपि ओली चर्चामा छन् । काठमाडौं का मेयर बालेनले गिरीबन्धु चियाका बारेमा तीनपटक स्टाटस लेखिसके  सत्ता समिकरण परिवर्तनसँग गिरीबन्धुको चर्चामा शिखरमा छ । भन्नेहरू भन्छन्गिरीबन्धुमा ओलीलाई चोख्याउन सजिलो छैन । तर कांग्रेसका एक बुद्धिजिवी भने मरिहत्ते गरेर गिरीबन्धुमा एमाले अध्यक्षलाई चोख्याउन लागिपरेका छन् । कपनतिर बस्ने यी बुद्धिजिवी हुन् अरूण सुवेदी । 

कांग्रेस सभापति देउवाको निवास नजिकै कपन र चुनिखेलबीचको सीमा च्यानेखोला करिडोरमा बस्ने अरूण सुवेदीलाई भन्नेहरू माफिया नै हुन् भन्ने गरे पनि देखिनचाहिँ तथाकथित विश्लेषकको भूमिकामा  भिडियोहरूमा छ्याप्छ्याप्ति भेटिन्छन् ।  उनका अनेक भिडियोहरू सार्वजनिक भएका छन् तीमध्ये गिरीबन्धुमा ओलीको दोष छैन भन्ने भिडियो पनि एक हो । 

सुवेदी कांग्रेसभित्र देउवा र उनकी पत्नीको प्रिय पात्र हुन् । देउवा प्रम हुँदा उनी विशेषज्ञ सल्लाहकार पनि बनेका थिए । उनको सल्लाहले देउवाले देशलाई के के गरे वा के के भयो थाहा पाउन नसके पनि सुवेदीले कांग्रेसमा युवापुस्ताका संभावना भएका नेताहरूबिरूद्ध छारष्टचाहिँ गर्दै आएका छन् । एक महिनाजतिअघि संसदमा गिरीबन्धु चिया बगान र यसको भ्रष्टाचारका बारेमा सांसद तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बोलेका थिए । शर्माले बोलेको सो विषयले राम्रै चर्चा पायो । अर्का महामन्त्री गगन थापाले पनि गिरीबन्धुमा ओलीको संलग्नताका बारेमा पटक पटक संसदमा बोलेका छन् । 

यसरी गिरीबन्धुमा कांग्रेसका युवा पुस्ता बोल्न थालेपछि देउवाप्रेमी सुवेदी रिसले आगो बनेका थिए । शर्माको संसदको भाषणपछि सुवेदीले  भिडियो सार्वजनिक गरे जसमा विश्वप्रकाश शर्मालाई लक्षित गरेरकेही पनि बुझ्दै नबुझेको युवा नेताभन्नसमेत भ्याए । उनले भनेओली पूणर्रूपमा निर्दोष छन्। गिरीबन्धुमा ओलीले केही गरेका छैनन् भन्ने आशयले सुवेदीले ओलीलाई पूणर्रूपमा बचाउ गर्दै युवा महामन्त्रीहरूमाथि राम्रो दनक दिन भ्याएका छन् । सुवेदीको सो भिडियो एमालेजनलेहरू व्यापक प्रचाप्रसार गरेका छन् । 

फलतः गत साता देउवा पतिपत्नी बालकोट गए । सत्ता समिकरण परिवर्तन गराए । आफ्ना नराम्रा पनि छोपछाप पार्न ओलीलाई दुधले नुहाउने प्रयासको पहिलो चरण समापन गरे । 

अरूण सुवेदी गगन थापाका पनि चरम आलोचक हुन् । करिब १ महिनाअघि साँखुमा भएका नेपाली लेखक संघको एक कार्यक्रममा लामो भाषण गर्दै गगन थापाहरू कांग्रेसमा अनुत्पादक रहेको बताएका थिए । गगन थापाहरूका कारण कांग्रेस कमजोर भएको उनको आशय थियो ।

बि.सं.१९९५ मा बनाइएको टेकू दोभानको ‘कालो पुल’ र ‘राजघाट तीर्थ’ को कथा

Previous article

बुढानीलकण्ठ क्षेत्रमा बिहानै भीषण वर्षा, विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *