काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिललाई पराजित गर्दै उरुग्वे सेमिफाइनलमा प्रवेश गरेको छ।१० खेलाडीमा समेटिएको उरुग्वे र ब्राजिलबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा उरुग्वेले खेल ४–२ गोल अन्तरले आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान बनायो। ब्राजिलका भाल्भर्डे र डौउग्लास लुइजको प्रहार असफल हुँदा उरुग्वेका जिमेनेजको प्रहारलाई गोलरक्षक एलिसनले बचाएका थिए। बाँकी खेलाडीले भने गोल गरे।
त्यसअघि उरुग्वे ७४ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। तर ब्राजिले त्यसको फाइँदा उठाउन सकेन्।
खेलमा दबाब बढाएपनि ब्राजिलले उरुग्वेको डिफेन्स तोड्न असफल भयो। सिमित अवसरमा पाएका केही मौकालाई गोलरक्षकले क्लियर गरेका थिए। अब फाइनल प्रवेशका लागि उरुग्वेले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्ने छन्।
Comments