विकाससमसामयिकस्थानीय

बालेनले चखुञ्चा खोलेपछि भीषण वर्षामा पनि डुबेन कपनको साततले क्षेत्र

0

काठमाडौं ।  गतवर्ष ठूलो हल्लाखल्लासहित खोलिएको कपनको चखुञ्चा खोलाले यो वर्ष ठूलो पानी पर्दा पनि दुख दिएन । चखुञ्चा खोलालाई मध्यवर्षमा काठमाडौं महानगरको डोजरले खोल्न जाँदा बुढानीलकण्ठका स्थानीयसँग् झडपसमेत भएको थियो । सो घटनाको एकवर्षपछि खोलाले आकाश देखेको तथा डुबान नभएकोप्रति स्थानीयवासी सन्तुष्ट देखिएका छन् ।

 खोला खोल्दो बाटोको समस्या भएको पक्षलाई भुल्ने हो भने चखुञ्चा भरिएर वर्षेनी हुने डुबान तथा सो डुबानका नाममा बन्ने रिल तथा टिकटक यो वर्ष देख्न  नपरेको प्रति स्थानीय सकारात्मक भएका हुन् । चखुञ्चाको केही भाग यसररी खोलिँदा बाँकी कपन पनि यो वर्ष धेरैमात्रामा डुबान हुनबाट जोगिएको छ।  चुखञ्चाकै ६० प्रतिशत खोला भने अझै खोलिन बाँकी छ ।   काठमाडौँ महानगरपालिका६ र बुढानीलकण्ठ नगरपालिका१०, ११ र १२ को पानीको स्रोतमध्ये चखुञ्चाखोला खुला आकाशमुनि बग्दै गर्दा यज्ञमती नामेट पार्न ढल(बक्स कल्भर्ट) मा रूपान्तरण गरिएको छ ।

 यज्ञमतीको चारैतिर पक्की पर्खालको कुलो (बक्स कलभर्ट) निर्माण भइरहेको छ । चखुँचाखोला खोलेपछि काठमाडौँ महानगरपालिका६ र ७ तर्फको किनारमा आठ मिटर चौडाइका सडक निर्माण भइरहेका छन् ।

तर बुढानीलकण्ठतर्फ खोलामाथि बस्ती विस्तार गरेपछि मुस्किलले केही स्थानमा दुई मिटरसम्मको बाटो निस्किने ठाउँ छ । अतिक्रमण भएको खोलाको भाग फिर्ता लिने र व्यवस्थित गर्ने काममा बुढानीलकण्ठ नगरपालिका तयार छैन । अचम्म त के छ भने यज्ञमती खोलामाथि बक्स कलभर्ट निर्माण गर्ने र चखुँचाखोला किनारमा सडक निर्माण गरी व्यवस्थित गर्ने कार्य काठमाडौँ उपत्यका विकास प्राधिकरणले नै गरिरहेको छ ।

मन्त्री बन्न कांग्रेसमा दौडधुप सुरू, आरजु देउवाको परराष्ट्रमन्त्री बन्ने उत्कट इच्छा !

Previous article

कोपा अमेरिकाको क्वाटरफाइनलमा उरूग्वेसँग ब्राजिल पराजित

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *