राजनीतिराष्ट्रिय

बालेनद्वारा ओलीमाथि  ‘गिरीबन्धु पचाउन खोज्ने’ भनेर अर्को व्यङ्ग

0

काठमाडौं ।अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरू डुबान मा परिरहेको बेला मेयर बालेन शाहले एमाले अध्यक्ष ओलीमाथि दरिलो व्यङ्ग कसेका छन्। उनले शनिबार साँझ सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेका छन्।उक्त पोस्टमा उनले केही घण्टाको वर्षामै अधिकांश बस्ती डुबानमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।मेयर शाहले खोला बस्तीमा पसेको नभएर आफ्नो बाटो आफैंले खोजेको उल्लेख गरेका छन्।उनले लेखेका छन्, “आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ?“

उक्त पोस्टमा मेयर शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेका छन्। उनले अध्यक्ष ओलीलाईठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो?“ भन्दै प्रश्न तेर्साएका छन्।  “उहाँहरू (सुकुम्वासी) को जीवनसँग खेलबाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो?“ उनले अध्यक्ष ओलीलाई प्रश्न गरे।

मेयर बालेनले प्रभावित स्थानीयको उचित व्यवस्थापनमा पनि जोड दिएका छन्।तपाईंले पचाउन खोज्नुभएको गिरीबन्धुमा यस्ता १५,००० परिवार व्यवस्थापन हुन सक्छ,“ उनले लेखेका छन्, “अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित। अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु।

अन्त्यमा उनले समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए। नदी किनारमा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएको सुकुम्वासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका लामो समयदेखि प्रयास गर्दै आइरहेको थियो। तर ती प्रयासहरू विफल हुँदै आइरहेको छन्। राजनीतिकै कारण महानगरका ती प्रयासहरू विफल भइरहेको उनको यस स्ट्याटसबाट अनुमान गर्न सकिन्छ।

रातिदेखि काठमाडौँ उपत्यकामा भारी वर्षा

Previous article

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अधिकांश सुकम्बासी बस्ती डुबे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *