विकासस्थानीय

भोलिदेखि  जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा प्रवाह भद्रकालीस्थित नयाँ कार्यालयबाट

0

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ। यसअघि काठमाडौँ महानगरपालिका१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार२३ गते आइतबारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागिएको परिसरकाप्रमुख वसन्त रजौरेले जानकारी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौँले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो। भद्रकालीस्थित कूल ८० करोड लगानीमा निर्माण गरिएको उक्त भवन आठ तल्लाको रहेको छ। उक्त भवन छ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौँ प्रहरीले जनाएको छ।

आधुनिकताले छाेपिएको मात्र हाे, मरेको छैन ‘काँठ’ !

Previous article

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *