स्थानीय

जगडोलको जनजागृती मा.वि.लाई लायन्स क्लबद्वारा सहयोग

0

काठमाडौं ।  लायन्स क्लब डिस्ट्रिक ३२५ जि अन्तर्गतको क्लष्टर पाँच समुहले बुढानिलकण्ठ ११ मा रहेको जनजागृती मा.वि.मा निशुल्क आँखा शिविर, खेलकुद समाग्री( फुटबल , भलिबल, बास्केबल, टेबलटेनिस, फुटसल, चेस)   वितरण तथा एस ई ई उत्तिर्ण १३ जना विद्यार्थीहरुलाई स्टेशनरी समाग्री वितरण गरेको छ । लायन्स सप्ताह अन्तर्गत भएको उक्त कार्यक्रमको संयोजन जोन चियरपर्सन बद्रि भट्टराई ( दामोदरले ) गरेका थिए ।

क्लष्टर प्रमुख रिता दाहालको नेतृत्वमा भएको उ कार्यक्रममा डिस्ट्रिकअन्तर्गत रहेका विभिन्न क्लबका अध्यक्ष तथा जिम्मेवारीमा रहेका लायन लिडरहरुले उक्त समाग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव भण्डारीलाई हस्तान्तण गरेका थिए ।  कार्यक्रम जिल्ला समन्वय समिति काठमाडौ उपप्रमुख शान्ती पाण्डेको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरू विनोद लामिछाने बुनपा २, राजुभण्डारीबुनपा६सहितस्थानीयसमाजसेवीतथासहयोगीहरुलेउपस्थिति रहेको आयोजकले जनाएको छ ।

निःशुल्क आँखा शिविर मा ३५० सेवाग्राहीले  तिलगंगा आँखा अस्पतालका स्वास्थकर्मीहरु बाट सेवा प्राप्त गरेका थिए । लायन लिडर रिता दाहालबाट २ जना बालिकाहरुका लागि वार्षिक छात्रबृत्ति प्रदान गर्ने घोषणा समेत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जोन चियरपर्सन बद्रि भट्टराईले समाजिक रुपमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले सबैलाई सन्तृष्टि मिल्ने बताउँदै विद्यार्थीहरुको छात्रबृत्ति कार्यक्रममा सक्दो सहयोग गर्ने बताएका थिए । विश्वभर जुलाई १ देखि ७ सम्म लायन्स सप्ताह कार्यक्रम सञ्चालन हुदै आएको छ ।

मुकुल ढकालको प्रतिवेदनले गगन थापाको चुनावी क्षेत्र(काठमाडौं-४) मा तरङ्ग !

Previous article

आधुनिकताले छाेपिएको मात्र हाे, मरेको छैन ‘काँठ’ !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *