अन्तराष्ट्रिय

इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

0

कोपा अमेरिकाअन्तर्गत आज विहान भएको पहिलो क्वाटर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना बिजय भएको छ । नियमित समयमा १ १ गोल भएपछि पेनाल्टी सुटआउटमा भएको नतिजामा अर्जेन्टिना बिजयी भएको हो । 

 स्टार खेलाडी लियोनल मेसीले पहिलो पेनाल्टी मिस गरेपछि अर्जेन्टिनी गोलकिपरले इक्वेडरका दुइ खेलाडीको पेनाल्टी रोकेसँगै अर्जेन्टिना बिजयी भएको हो। यसअघि ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ । 

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।

माओवादीले ०६० सालमा अपहरण गरेर बेपत्ता बनाइएका  उदयकाे २० वर्षपछि श्रीमतीसँग भेट

Previous article

क्षेत्र नं ४ मा राजनीति गर्न दौडधुप गर्दै उमेश थानी, गगन थापासँग उनको सम्बन्ध कस्तो छ ?  

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *