राजनीतिराष्ट्रिय

मुकुल ढकालको प्रतिवेदनले गगन थापाको चुनावी क्षेत्र(काठमाडौं-४) मा तरङ्ग !

0

 – आकाश शर्मा

काठमाडौं । प्रशिद्ध भारतीय लेखक हरिशंकर प्रशाईका अनुसार  ‘राजनीतिमा मुर्खलाई मात्र लाज लाग्छ ।भारतको राजनीति बुझेका प्रशाईले सम्भवतः उनले यो कुरा बुझेर नै लेखे होलान् । यता नेपालको राजनीतिलाई मिहिन ढंगले केलाउने हो भने पनि यहाँ लाज मान्ने मुर्खहरू भेटिदैन । राजनीतिका कुराहरूसँग लाजको कुनै लेनदेन नै देखिदैन ।

यसै प्रशंगबीच नेपाली कांग्रेसका नेता गगन थापाले रास्वपासँग आफ्नो चुनावी क्षेत्रमा उम्मेदवार नउठाइदिए वापत दुईजना रास्वपाका उम्मेदवार जिताएको भन्ने प्रतिवदेन नै सार्वजनिक भएपछि लेखक हरिशंकर प्रशाइको उक्त उक्ति नेपालमा जहाँकहिँ प्रमाणित हुने देखिएको छ । त्यसो त, नेपाली कांग्रेसका महामन्त्रसमेत रहेका गगन थापाले रास्वपा वा रवि लामिछानेसँग मिलेर काठमाडाैं ४ मा  उम्मेदवार नउठाएको विषय ०७९ को चुनावमै नचलेको भने हैन । क्षेत्र नं ४ मा गगन थापाको सुनिष्चित विजयसँग रास्वपासँगको तालमेल बारे धेरै नै चर्चा भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदनमै गगन थापाको विषयमा यो विषय सार्वजनिक भएपछि देशभर समाचारको विषयमात्र नभै गगन थापाको चुनावी क्षेत्रमा तरंग आएको छ । एक दिन अघि सार्वजनिक मुकुल ढकालको प्रतिवेदनमा सभापति रवि लामिछाने र रास्वपाले गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापासँग रणनीतिक सहकार्य गरेको खुलासा गरेका छन् । मुकुलको प्रतिवदेनमा थापाका कारणले २ सिट जितेको पनि उल्लेख गर्दै रणनीतिक तहमै काठमाडौं क्षेत्र नं ४ मा गगन थापालाई रास्वपाले उम्मेदवारी छाडेको उल्लेख गरेका छन् । क्षेत्र नं ४ रास्वपाले छाडेवापत गगन थापाले दूई निर्वाचन क्षेत्रमा चुनाव जिताइदिएको मुकुलले उल्लेख गरेका छन् । यद्यपि थापासँगको भएको यो सौदा रास्वपालाई फाइदाजनक नभएको पनि मुकुलले प्रतिवेदनमा उल्लेख  छ।

मुकुलको प्रतिवदेन सार्वजनिक भएपछि गगन थापाको चुनावी क्षेत्रमा यो विषयले विशेष महत्व पाएको छ। गगन थापाको बिरोधीहरू यस  समाचारलाई प्रचार प्रसारमा जुटेका छन् । गगन समर्थकहरू भने के गर्ने के भन्ने भनेर दोधारमा बसेका छन् । थापालाई लाग्दै आएको आरोप मुकुलले सहजताका साथ प्रतिवदेनमा उल्लेख गरिदिएपछि काठमाडौं क्षेत्र नं ४ मा निमट्यानझैँ हुन लागेका गगन बिरोधी झिनोमसिनो जत्था जुर्मुराउन थालेका छन् ।

एकसाता अघिमात्र अब कांग्रेस ०८४ सम्म सरकारमा जान हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएका गगन थापाले आफ्नो अभिमत दिएको एकसातामा कांग्रेस सरकारमा जाने पक्षमा बोल्न परिरहेको छ । यसै बेला मुकुलको प्रतिवेदनलेजलके में नमकभनेझैँ समस्या पारेको छ । यसैबीच यसै हप्ता पार्टी कार्यालयमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीसँग नतमस्तकझैँ देखिएको फोटो सार्वजनिक भएपछि पनि महामन्त्री थापालाई सकस परेको छ । सो फोटोले उनी ओलीसामु झुकेको भाष्य सृजना भएको छ । यस्ता सकसै सकसबीच गगन थापाले कसरी आफ्नो प्रतिरक्षा गरेर महोल आफ्नाे पक्षमा ल्याउलान् ? त्यो थाहा पाउन भने कुर्नैपर्छ ।

क्षेत्र नं ४ मा राजनीति गर्न दौडधुप गर्दै उमेश थानी, गगन थापासँग उनको सम्बन्ध कस्तो छ ?  

Previous article

जगडोलको जनजागृती मा.वि.लाई लायन्स क्लबद्वारा सहयोग

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *