जलवायुराष्ट्रिय

आजबाट मनसुन झनै सक्रिय हुने, भारी वर्षाको सम्भावना

0

City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING

काठमाडौं । केही दिनयता देशभर सक्रिय मनसुन (पानी पार्ने प्रणाली) शुक्रबारदेखि अझ सक्रिय हुने वर्षाको मात्रा बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार साँझ मनसुन विशेष मौसम बुलेटिन३ जारी गर्दै आजदेखि वर्षा अझ बढ्ने सम्भावना देखिएकाले बाढी, पहिरोजस्ता जोखिमबाट बच्ने उपाय अपनाउन आम नागरिकलाई आग्रह गरेको हो। 

विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकाले २०८१/०३/२० सम्म सतर्कताका लागि मिति २०८१/०३/१६ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो’, बुलेटिनमा भनिएको छ, ‘सो न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले मिति २०८१/०३/२३ गते आइतबारसम्म सतर्कताका लागि आज (असार २० गते) यस विशेष बुलेटिन जारी गरिएको छ।’  

भर्खरै रोपाइँ सकिएको काभ्रेको बल्थली फाँट

Previous article

भ्यागुता,  मनसुन  र इकोसिस्टम

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *