राजनीतिराष्ट्रियसमसामयिक

मुकुल प्रतिवेदनः गगन थापाले रास्वपासँग मिलेर गम्भीर ‘पार्टीद्रोह’ गरेको आरोप

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक भएको छ । सार्वजनिक प्रतिवेदनमा सभापति रवि लामिछाने गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापासँग रणनीतिक सहकार्य गरेको खुलासा गरेका छन् । प्रतिवदेनमा थापाका कारणले २ सिट जितेको पनि उल्लेख गर्दै रणनीतिक तहमै काठमाडौं क्षेत्र नं ४ मा गगन थापालाइ रास्वपाले उम्मेदवारी छाडेको उल्लेख गरेका छन् । क्षेत्र नं ४ रास्वपाले छाडेवापत गगन थापाले दूई निर्वाचन क्षेत्रमा चुनाव जिताइदिएको मुकुलले उल्लेख गरेका छन् । यद्यपि थापासँगको यो सौदा रास्वपालाई फाइदाजनक नभएको पनि उल्लेख गरेका छन् ।

गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापाको सहयोगमा आफूहरूले प्रत्यक्षमा दुई सिट बढी जितेको दाबी गरेका छन् ।ढकालको समीक्षा यात्रा प्रतिवेदनमार्फत आम चुनावमा रास्वपाले कांग्रेस महामन्त्री थापासँग रणनीतिक सहकार्य गरेको खुलासा गरेका हुन् ।

आम चुनावमा थापासँगको सहकार्यले पार्टीलाई अहिले हानि गरिरहेको ढकालको प्रतिवेदनमा उल्लेख छ  ‘मङ्सिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई नै चोट पुर्‍याएको छ’, प्रतिवेदनमा उल्लेख छ ।साथै कांग्रेस महामन्त्री थापाको सहयोगमा रास्वपाले प्रत्यक्षमा दुई सिट बढी जितेको पनि ढकालले प्रतिवेदनमा लेखेका छन् ।

 ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौँ ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

घनश्यामले छाडे दाबी,  अध्यक्षमा माधव नेपाल सर्वसम्मत

Previous article

भर्खरै रोपाइँ सकिएको काभ्रेको बल्थली फाँट

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *