विकासस्थानीय

मन्दिरको जग्गा मिचेकी आयुक्तको पर्खालमा डोजर लगाएको भोलिपल्ट ललितपुर मेयरलाई अख्तियारको पत्र

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।

मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डासुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।

चुरेको चिन्ता

Previous article

राजिनामा नदिकन बालुवाटारबाट फर्किए रवि लामिछाने, प्रचण्डलाई अन्तिमसम्म साथ दिने !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *