प्रकृतिराष्ट्रियसमसामयिक

चुरेको चिन्ता

0

काठमाडौं । शिवालिक भनिने यो पर्वतमाला हिमालय बन्न थालेपछि दक्षिणतर्फ बगेका खोलाहरूले थुपारेको गेग्रानले बनेको हो । फस्को खालको भूधरातल भएको हुँदा पानी परेको समयमा चुरेमा गल्छी बन्ने र पहिरो जाने गर्छ । यहाँ उत्पत्ति हुने नदीले तल्लो भेगमा बालुवा र माटो ओसार्छन् । चुरेको दक्षिणपट्टी चट्टान र ढुंगाले बनेको भावर क्षेत्र छ । चुरे र भावरमा पानीका स्रोत मौसमी हुन्छन् । भावरबाट पनि वर्षाको मौसममा गंगा मैदानको भूमिगत जलभण्डार भर्नी हुँदा यो संवेदनशील क्षेत्र हो ।

नेपालको मेचीमहाकाली जोड्ने राजमार्ग भावर क्षेत्रको दक्षिणतिरबाट पूर्वपश्चिम लगिएको छ । राजमार्ग छेउछाउका बस्ती बजार गुलजार बन्दैछन् । त्यस क्षेत्रको कतिपय स्थानमा जंगल थिए, अब छैनन् । भारत उपनिवेश रहेको समयमा नेपालका सालका रूखहरू काटिए, सीमापार निर्यात गरएि र रेल लाइनका पटरी विछ्याउन प्रयोग गरएि । सन्७० को दशकमा बिहारका बजारमा नेपालकोबलियो काठकिन्न पाइने साइनबोर्ड झुन्डिएका पसलहरू देख्न पाइन्थ्यो ।

हाम्रा सालका वनजंगल त मासिए तर कालान्तरमा मित्रराष्ट्र भारतको रेलवे प्रणाली विश्वकै ठूलो बन्यो । घाटामा चलिरहेको सो संगठनलाई पछिल्लो कालखण्डमा भारतको केन्द्रीय सरकारको रेलमन्त्री बनेपछि लालुप्रसाद यादवले मुनाफामा चल्ने संस्था बनाए । यो रूपान्तरण कसरी भयो भन्ने बुझ्न हार्वडदेखि बेलायतसम्मका व्यवस्थापन विश्लेषकहरू लागेका थिए । अचेल भारतीय रेलको टिकट कम्प्युटर प्रणालीबाट वितरति हुन्छ, काठमाडौँमा पनि किन्न पाइन्छ । अनि, भारतीय रेलमा व्यवस्थित यात्रा गरेको अनुभव सुनाउने गर्छन्, यात्रीहरू ।

भारतमा सालका रूख निर्यात गरेर नेपाली जनतालाई के हात पर्‍यो त ? सरकारी ढुकुटीमा केही राजस्व दाखिला भयो, केही महाजनहरूले फाइदा लिए, तर सो राजस्व पटरी बिछ्याई नेपालमा रेलप्रणाली विकास गर्न प्रयोग भएन । भएको एउटा फुच्चे रेल प्रणाली पनि लटरपटर अवस्थामा चलिरहेको छ । नयाँ स्थापना गर्ने त कुरै छाडौँ ।

केही वर्षदेखि त्यसबेलाका साल जंगल उत्तरमा रहेको चुरे पर्वतमालाबाट बगेर आउने खोलाका ढुंगाबालुवा एवं त्यस शृंखलाका पत्रहरूबाट ढुंगाबालुवा उत्खनन गर्दै निकासी भइरहेको छ । सोबापत जिल्ला विकास समिति र सरकारले केही राजस्व पाउँछन् । ट्रकका ट्रक ढुंगाबालुवा उता लगिएपछि संसद्को प्राकृतिक स्रोत व्यवस्थापन समितिले सो क्रम बन्द गर्ने पहल गर्‍यो र केही दिन निकासी रोकियो । गत साता सरकारका आपूर्तिमन्त्री तहको निर्णयले सो रोक्का खोलियो । राजस्व घटेको हुँदा खोल्नुपरेको मन्त्रीको दलील छ ।

तर, ढुंगा निर्यात गरेर सरकारलाई करबि एक अर्ब रुपियाँ मात्रै राजस्व आउने रहेछ, खर्च त्यसभन्दा झन्डै दस गुणा बढी । २५ टन क्षमता भएका ट्रकमा बालुवा, गिट्टी ओर्सादा ५ सय ७० किलोमिटर राजमार्गको गुणस्तर निकै बिगि्रएको र तिनको पुनःनिर्माणमा मात्रै करबि ११ अर्ब रुपियाँ लाग्ने अनुमान संसद्को प्रतिवेदनले देखाएको छ । राजस्वको तुलनामा ह्रासका कारण खर्च धेरै हुने स्िथति हो यो ।

निर्माण कार्यमा स्रोत प्रयोग हुन्छ, ढुंगाबाट बन्ने गिट्टी र बालुवा, घर, बाटो, राजमार्ग, अग्ला भवन, पुल र ओभरहेडजस्ता संरचनाका लागि । भारतमा हुँदै गरेको आर्थिक वृद्धिदरको चाप पनि हो, ढुंगाबालुवाको बढ्दो माग । नेपालमै पनि भवन निर्माणको दर उच्च छ ।

स्रोत प्रयोग त गर्नुपर्छ तर चुरे पर्वतमालाजस्तो संवेदनशील भूक्षेत्रको सम्वर्द्धन त्यत्तिकै जरुरी छ । संरक्षण र प्रयोगबीच कसरी तादात्म्य राख्ने ? यो नयाँ प्रश्न पनि होइन । यहाँनेर मोहनदास करमचन्द गान्धीको उक्ति सम्झनु उचित होला । उनले भनेका थिए, “पृथ्वी मातामा सबै मानवको आवश्यकता पुर्‍याउने क्षमता छ तर लोभ परपिूर्ति गर्ने छैन ।

अनियन्त्रित उत्खननको क्रम जारी रहे एउटा विषम सम्भावना हुन सक्छ, चुरेको सम्पूर्ण विनाश । यस शृंखलाको दक्षिणमा रहेको नेपाललगायत बिहार र उत्तर प्रदेशका मैदानी क्षेत्रका स्थानीय जलप्रणालीमा तात्विक परविर्तन आउनेछ । यसबेला चुरेको आँसुले स्थानीय समाजलाई निकै पिरोल्नेछ । ढुंगाबालुवा अनवरत झिकेर चुरे पाताल भयो भने हाम्रा नातिपनातिले यो भौगोलिक धरोहरबारे बनाइएकोएनिमेसनहेर्नेछन्, हाम्रा पुर्खाले सिध्याएको शृंखला भन्दै।

अचेल नेपालमा वनजंगल र ढुंगाबालुवाजस्तै काँचो बिजुली निर्यात गरी सरकारले राजस्व पाउनु नै विकासको गन्तव्य हो भन्ने पढ्नेसुन्ने गरिन्छ । काँचो वनजंगल र ढुंगाबालुवा निर्यात गरी सरकारलाई आएको आम्दानीले नेपाली र नेपाल कति समृद्ध भए ? यस प्रश्नको उत्तर खोजी गरौँ । निकासी गर्नुअघि काँचो स्रोतमा मूल्य थप्ने भन्ने अर्थशास्त्रीय उक्ति छ, अर्थव्यवस्था सबल बनाउनका लागि । ढुंगा र काँचो बिजुली निर्यातले मूल्य थप्दैन । काँचो ढुंगा बेचेर समृद्धि नभएजस्तै काँचो बिजुली निर्यातबाट पनि समृद्धि आउँदैन । इतिहासबाट पाठ सिक्ने हो कि ?

अदालतको आदेश आउनुपूर्व नै मन्त्रीबाट राजिनामा दिने तयारीमा रवि लामिछाने

Previous article

मन्दिरको जग्गा मिचेकी आयुक्तको पर्खालमा डोजर लगाएको भोलिपल्ट ललितपुर मेयरलाई अख्तियारको पत्र

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *