काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन्।रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका छन्।
गृहमन्त्री रविलामिछानेको निलम्बन मागिएको रिटमा आज सुनुवाइ हुने भएको छ। सम्भवतःआजै आदेश आउने र आदेशले निलम्बनमा परिने त्राशमा रहेका लामिछाने आदेश आउनुपूर्व नै राजिनामा दिने मनस्थितिमा पुगेका हुन् ।
यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता हेर्दा हेर्दैमा राखिएको छ । यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिटमा यद्यपि आज जवाफी बहस मात्र हुनेछ ।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।
Comments