काठमाडौँ– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले समाचारहरुमा आएअनुसार कसैलाई पक्रन प्रहरी नखटाइएको उल्लेख गरेको छ।ब्युरोले बुधबार एक विज्ञप्ति निकाल्दै केही मिडियाले सिआइबीले कसैलाई पक्राउ गरेको भन्ने भ्रामक बिषयबस्तु राखेर ब्युरोमा कार्यरत बिभिन्न ब्यक्तिहरुको नाम जोडेर बनाएका समाचार असत्य रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट बिभिन्न ब्यक्तिहरुको नाम तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी असत्य र भ्रामक बिषयबस्तु राखी ब्युरो प्रमुख तथा ब्यूरोका सूचना अधिकारीसँग प्रहरी अनुसन्धान तथा कारवाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफुखुशी आमजनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाएको उल्लेख गरेको छर। ‘अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रशारण गरेको पाईएको हुँदा त्यस्ता आधारहिन र अपुष्ट समाचाहरु प्रति यस ब्यूरोको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
Comments