राजनीतिराष्ट्रिय

गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद बस्नेतको चुनौतिः  ‘फाइल खोलेर देखाउनुहोस्’

0

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले गृहमन्त्रीलाई कांग्रेस नेताहरूको फाइल खोल्ने धम्की नभई फाइल भए खोलेर देखाउन चुनौती दिए । उनले ब्ल्याकमेलिङको राजनीति नगर्न आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरूसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगरौँ । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन्,” उनले भने ।

उनले नेपाली कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो निकास दिन सरकारलाई आग्रह पनि गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताए ।

“रवि लामिछाने अहिले पनि गृहमन्त्री हुनुहुन्छ, फाइल खोल्न कसले रोकेको छ ?”

Previous article

सिआइबीद्वारा आरजु देउवालाई पक्राउ गर्न खोजिएको भन्ने समाचारहरूको खण्डन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *