विकासस्थानीय

युवा विकास भवन निर्माण कार्य तत्काल रोक्न बुढानीलकण्ठ नगरपालिकालाई अदालतको आदेश

0

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले वडा नं १० को बेख मार्गमा निर्माण गर्न लागेको युवा विकास भवन निर्माणको काम तत्काल रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनले असार १६ गते आदेश जारी गर्दै तत्कालका लागि सो भवन निर्माणको काम रोक्न भनेको हो ।

स्थानीयले उजुरी गरेपछि विवादमा परेको कित्ता नं ३ को जग्गा नेपाल सरकारको नाममा रहेको र उक्त स्थानमा अन्य संरचना बन्दा यसले वातावारण र जनसमुदायमा प्रभाव पर्ने भएकाले सो संरचना तत्काल रोक्नु भनी पाटन उच्च उदालतले आदेश जारी गरेको हो ।

बेखमार्ग टोल सुधार समिति(महिला)को तर्फबाट शुभद्रा गौतमले बुढानीलकण्ठ नगरपालिकाविरुद्ध दायर गरेको रिटमा न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले यस्तो आदेश जारी गरेको हो । अदालतले अर्को आदेश जारी नभएसम्मको लागि भनेर सो निर्माण तत्काल रोक्नु भन्ने आदेश गरेको छ । पाटन उच्चा अदालतको आदेश यसप्रकार छः

 

भारोत्तोलनमा बुढानीलकण्ठका दीपक खड्काद्वारा १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम

Previous article

बिशालबजार निर्माणको ५५ वर्षपछि पनि जग्गा सम्बन्धी विवाद अझै बाँकी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *