नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बनाउने भएपछि तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड र चौथो ठूलो दल रास्वपाका सभापति रविलामिछानेलाई नमिठो झट्का लागेको छ।
दुई ठुला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेसहितको सहमति बनेसँगै प्रचण्ड सत्ताबाट बाहिर हुने परिस्थिति निर्माण भएको हो।प्रचण्डलाई परेको यो झट्काको सहकार्य गर्दैछन् गृहमन्न्त्री रवि लामिछानेले ।सहकारी समस्याले डरलाग्दो अबस्था आइरहेको बेला लामिछाने सत्ताबाट बहिर्गमनमा पर्ने भएसँगै ठूलो झट्का लाग्ने देखिएको हो । पार्टी भित्रसमेत महामन्त्रीले प्रतिवेदनमार्फत समस्याग्रस्त अबस्था औंल्याइ रहेको बेला लामिछानेको राजनीतिक भविष्यनै धरापमा पर्ने अनुमान गरिन थालिएको छ।
यसअघि निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताहरू सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउन सहमत भएका हुन् । संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि उनीहरूले पछिल्लो राजनीतिक घटनाबारे राति नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार एमाले र कांग्रेसले संविधानको धारा ७६ (२) अन्तर्गतकै सरकार बनाउन राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
देउवा र ओलीबीच भएको सहमतिअनुसार तत्काल सरकारको नेतृत्व एमालेले गर्ने छ । सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष ओलीले लिने सहमति भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । त्यसको डेढ वर्षपछि २०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।
नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । कांग्रेस(एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिपछि आज उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । उनीहरूले राजीनामा बुझाउने तयारी गरिरहेको एमालेकै एक मन्त्रीले जानकारी दिए । एमालेबाट सरकारमा आठ मन्त्री छन् ।
एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले मार्गप्रशस्त गर्ने कांग्रेस–एमालेको विश्वास छ । संसद्मा तेस्रो दलका रूपमा रहेको माओवादीका जम्मा ३२ सिट भए पनि दुई ठूला दललाई प्रयोग गरेर प्रचण्डले सत्ता टिकाइरहेका थिए । सरकार टिकाउन उनले समीकरण फेरेको फेर्यै गरिरहेका थिए । डेढ वर्षको कार्यकालमा उनले चारपटक त विश्वासको मत नै लिए ।
२०७९ पुन १० मा तत्कालीन समीकरण फेरेरै उनी प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनले एकपटक कांग्रेस र फेरि एकपटक एमालेसँगै सहकार्य गरेर सत्ता टिकाइरहेका थिए ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ । यस्तै माओवादीले पनि बैठक बोलाएको छ ।
Comments