काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेताबाट अध्यक्ष रन्जिता श्रेष्ठलाई हटाइएकाे छ।केन्द्रीय अध्यक्षसमेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गंगा चौधरीलाई दलको नेता चयन गरेका छन्। चौधरी यसअघि प्रमुख सचेतक थिए।प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ।
नाउपा केन्द्रमा चार सांसद छन्। तीमध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्। गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन। स्राेतका अनुसार अहिले काठमाडौंमा दलकाे बैठक बसिरहेकाे र बैठकले सरकारलाई दिएकाे समर्थन समर्थनसमेत फिर्ता लिने निर्णय गर्न सक्ने बताएकाे छ।
Comments