विकासस्थानीय

अबण्डाको बजेटमा व्यापक अनियमितता, मेयर उपमेयरको तजबीजमा कार्यकर्ता पोसिँदै !

0

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिकामा वित्तीय अनुशासन र पारदर्शिता विपरीत वार्षिक करोडौंको अवण्डा बजेट व्यवस्था गर्ने गरेको देखिएको छ । मेयर तथा उपमेयरको तजबीजमा जता पनि दिन सकिने अबण्डाको बजेट कार्यकर्ता एवम् आफन्त पोस्नका लागि दुरूपयोग भैरहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा बुढानीलकण्ठले नगरपालिकाले ६ करोड अबण्डको बजेट व्यवस्था गरेर मेयर उपमेयरको तजबीजमा खर्च गरेको देखिएको हो।

महालेखा परिक्षकको प्रतिवेदनले ४३ वटा शीर्षक तथा खर्च रकमसहित अबण्डाको बजेट बारेमा उल्लेख गरेको छ  । यसरी भएको खर्चलाइ महालेखाले वित्तीय अनुशासन र पारदर्शिता कायम नभएको बताएको छ ।

यसरी खर्च गरिएको केहि शीर्षक यस प्रकार छन्ः

, मंगल नगरकोटीको नामम् शोधभर्नाः १ लाख

, जिंगल गीत तथा भिंडियाँ निर्माण ९९ हज़ार

, कपन मार्ग उपभोक्ता समितिः २४ लाख

, क्रिश्चियन कार्यक्रम संचालन १ लाख

, कपन महिला विद्यालयः २ लाख

, तालिम संचालन ५ लाख

, विएमसी स्कुलमा बास्केटबल प्रतियोगिताः ४ लाख

, वृत्तचित्र प्रतियोगिताः २ लाख

, कक्षा आठको परीक्षा संचालन ५ लाख

१०, आइडियल बोर्डिङ संकुलः ७५ हज़ार

११, सरकारी विद्यालयमा दिवाखाजाः ११ लाख ३१ हज़ार आदि ।

सादगी देखिनु  सबैभन्दा बिलासी र महंगो सोख

Previous article

मन्त्री बन्ने आशामा रहेकी रन्जिता श्रेष्ठलाई धक्का ! पार्टी संसदीय दलको नेताबाट हटाइयो

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *