- विचार/ विश्व सिग्देल
मिनमलिस्ट(न्युनतम) देखिनु रहनु नितान्त फरक बिषय हुन । जैन सन्तहरुभन्दा पहिल्यैदेखि भारतमा आजिबक मतका अनुयायीहरु नांगै रहन्थे ,ओढारमा बस्थे ,कांचा कट्मिरा फल घांसपात खान्थे ,गरिबभन्दा गरिबहरुको जीवन जिउँथे ।त्यो जीवन जिउनको निमित्त तत्कालिन समृद्ध मगध, बैसाली, श्रावस्ती आदि दर्जनौं राज्यहरु र तिनका सम्राटहरुलाइ राज्यकोषको ढोका खोल्नु पर्थ्यो ।
उनीहरुका निमित्त बनाइने गुफाहरु सम्राटहरुका आलिसान महलहरु निर्माणमा भन्दा खर्चिलो हुन्थ्यो । बिहार र मध्य महाराष्ट्रका अजन्ता एलोरा आदि पचासौं आलिसान गुफाहरु जिबन्त उदाहरणहरु हुन् । युनानी सभ्यताको उत्कर्षका समयमा डायनोजिज सुकरात यस्तै नंगा सन्तहरु थिए ,जस्को दिगंबर जीवनशैली कायम गर्न ग्रिक सम्राटहरुलाई मरिहत्ते हुन्थ्यो ।
हाम्रै गरिब देशका एक बस्त्र सुतीको धोती र खराउ कमण्डलुमा रहने सन्तका शोखहरु पुरा गर्न बार्षिक दशौं करोड धर्मभिरु गरिब जनताहरुबाट असुल गरिन्छ ।नामै किटेर नभनी हालौं , सबैले ईसारामै बुझिहाल्ने भए पछल । यिनका पछाडी महंगा गाडीहरुका लस्कर ,मन्त्री नेता उच्चपदका सुरक्षा अधिकारीहरुको तंछाड मछाड र राज्यकोषको बेसुमार खर्च कहालीलाग्दो हुन्छ।
जंग बहादुर ,चन्द्रशमशेररले बेलायत जाँदा यहिबाट दुधखाने गाई, पानीखाने गाग्री , खसी–बोका, पुरोहितहरु लिएर गएका थिए, एउटा सामन्तको धर्मभिरु देखिने ढोंग पुरा गर्ने देशले कति मुल्य चुकाउनु गर्नु पर्यो होला ।
सादगी देखिनु आफैमा सबैभन्दा बिलासी र महंगो सोख पनि हुन सक्छ ,जस्को निमित्त ठुलो मुल्य चुकाउनु पर्छ ,अझ एउटा नेता साधु सेलिब्रेटीको सादगीको निमित्त त राज्यकोषकै निर्मम दोहन गर्नु पर्ने हुन्छ ,गान्धीजीलाई केन्द्रमा राखेर ओशोले सादगीमाथी निर्मम प्रहार गर्नु भएको छ।गान्धीजीको सादगीको मुल्य माउन्ट बेटन ,नेहरुको बिलासी जिबन भन्दा महंगो थियो , जस्को मुल्य गरिब जनताले पेट काटेर चुकाउनु पर्थ्यो ।
Comments