राजनीति

बिदुरविक्रम खड्काको दीपक निराैलालक्षित असन्तुष्टि

0

काठमाडौं । एमाले बुढानीलकण्ठका नेता तथा बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष बिदुरविक्रम खड्काले एमालेको नेतृत्व चयनमा देखिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विशेषगरेर हालै जिल्ला अध्यक्ष बनेका दीपक निरौलाप्रति लक्षित गरेर खड्काले सामाजिक सन्जाल फेशबुकमा लामो स्टाटस लेखेर असन्तुष्टि व्यक्त गरेका छन् ।

दीपक निरौलाको नाम भने उनले उल्लेख गरेका छैनन् । उनको लेखाइ निरौला लक्षित हो भन्ने जो कोहीले थाहा भने पाउन सक्छ । खड्काले लेखेका छन्,  नेकपा एमालेका नेताहरु भन्छन संगठनमा गुटबन्दि गर्नु हुन्न तर नेतृत्वमा जानेले भने गुट गर्न पाइनेरहेछ । तिनै नेतृत्वले आफुभन्दा तल रहेको कमिटीहरुमा कार्यकर्ताहरुविच निर्वाचन गराउन चाहन्नन् अधेवेशनमा आफुनिकट कमजोर छ भने त्यहाँ चुनाब हुदैन सबैको उमेदवारी फिर्ता हुन्छ अनि अर्को प्रकृया पुरा नगरी नेतृत्वले उमेदवार नदिएकाहरुलाइ समेत अधिबेशन हलमा  निर्वाचित भएको घोषणा गर्छन ।

उल्लेखित कुरा उनले एमाले बुढानीलकण्ठ नगर समिति बन्दा भएको दृष्यतिर लक्षित गरेका हुन् । खड्का अगाडि लेख्छन्,  सोझा कार्यकर्ता र चलाख नेतृत्व भएपछि यस्तै हुन्छ ।तर आफुले नेतृत्व गर्ने ठाउमा बलियोछ भने चुनाब हुन्छ समय सर्दैनन र समय पर्खदैनन गुटबन्दी गर्न हुन्न भनेर स्वत उमेदवार दिए जित्न दिदैनन् अनि तिनै गुटबन्दी गर्छन कमजोरहरुलाइ थर्काउछन पाखा लगाउँछन् ।   एमालेमा देखिने ग़लत प्रवृत्तिको खड़का नियमित आलोचक हुन् ।

काठमाडौँ महानगरपालिकाले स्थानीय नेवारी पेय पदार्थ ‘ऐला’ र ‘थ्वँ’ को ब्राण्डिङ’ सम्भाव्यता अध्ययन गर्ने

Previous article

राष्ट्रिय परिचयपत्रका नाममा सरकारले हचुवाका भरमा वृद्धवृद्धालाई दिएको सास्ती !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *