मुख्य समाचारसमसामयिकस्थानीय

कागेश्वरी मन्दिर उत्पत्ति तथा स्थापना कथा

0

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी मनोहरा मन्दिर आफैंमा ऐतिहासिक एवम् पुरातात्विक महत्वको मन्दिर हो । काकेश्वरको उत्पत्तिको समय र स्थापनाकालको विषयमा थाहा पाउने यकिन प्रमाण भेटिएको छैन । त्यहाँ वरपर केही प्राचीन मूर्ति छन् । अभिलेख पनि भेटिएका छन् ।

आजसम्म पनि मूर्ति र अभिलेखको सूक्ष्म अध्ययन र विश्लेषण भएको छैन । अतः यो तीर्थको स्थापना मिति भने यकिन गर्न कठिन छ । तापनि हिमवत्खण्ड पुराण स्कन्दपुराणअन्र्तगतको नेपालमहात्म्यमा काकेश्वरको महिमा पाइएको छ । यद्दपि यस देवस्थलका विषयमा अन्य केही साहित्यिक स्रोतका साथै स्थानीय लोकोक्तिका आधारमा केही अनुमान गर्न सकिन्छ । यहाँ लिच्छविकालदेखि नै गुठीको जग्गा छुट्याइएको कुरा गुठी संस्थान र अन्य निकायबाट थाहा पाइएको छ । गागलफेदीका घरधुरी परिवारको बसोवास सबै काकेश्वरी गुठीको नाममा रहेको जग्गामा छ । त्यसकारणले काकेश्वर मन्दिरको उत्पत्ति हिमवत्खण्ड पुराणअन्र्तगतको स्कन्दपुराण, नेपाल महात्म्यमा वर्णन गरिएअनुसार पौराणिककालमा भएको कुरा बुझ्न सकिन्छ ।

मन्दिरका निमित्त राज गुठीको जग्गा छुट्याइएको उक्त सन्दर्भले लिच्छविकालदेखि यो देवस्थल अस्तित्वमा थियो भत्रे बुझ्न सकिन्छ । नेपालमा विभिन्न चौसठ्ठी शिवलिङ्गहरूको वारेमा लिङ्गपुराणमा उल्लेख गरेको पाइन्छ । तिनै चौसठ्ठी शिवलिङ्गहरूमध्ये एक महत्वपूर्ण शिवलिङ्ग कागेश्वरी शिवलिङ्ग हो । यी महादेवको उत्पति कथा सन्दर्भहरूमा सतिदेवीको अङ्गपतन भएको र शिवलिङ्गको उत्पति भएको चर्चा नेपालमहात्म्य, हिमवतखण्ड पुराणमा गरिएको छ ।

पौराणिक कालमा राक्षस र देवताहरू बीचमा युद्व हुँदा समुद्र मन्थनको क्रममा हलाहल विष उत्पन्न भएपछि विषको असरका कारण देवलोकलाई मृत्युबाट वचाउन भगवान्शिवले विष सेवन गरे । विष आफ्नो कण्ठमा राखे । डाहा र छट्पटीले चिसो र पानीको खोजीमा हिडे । यस क्रममा गोसाँइकुण्डमा पुगे । त्रिशूलले जमिनमा खोप्ने क्रममा जल उत्पन्न भयो । त्रिशुली नदीको उत्पन्न भई त्रिशूली नदिको उद्गमस्थल कुण्डमा शयन गरी विषको पीडा कम गरे । केही समयपछि हिड्दै आउने क्रममा गागलफेदीमा विश्राम लिए ।

पहिलो विश्रामस्थलको रूपमा स्थलको रूपमा यसै ठाउँमा शिवलिङ्गको रूपमा भगवान्शिव प्रकट भए । पार्वतीले कागको रूप धारण गरी त्यस शिवलिङ्गमा गाईको दूध चढाइन् भन्ने चर्चा लिङ्गपुराणमा छ । परापूर्वकालसम्म पनि कागलेदूध चढाएको देखेर त्यहाँ के रहेछ भनि गएर हेर्दा शिवलिङ्ग भेटिएकोले यस ठाँउको नाम काकेश्वरी रहन गएको चर्चा पाइन्छ । शिवलिङ्गको विभिन्न प्रकारका विषयमा परिच्छेद तीनकोलिङ्गशब्दको अर्थ शीर्षकमा विभिन्न प्रकारको शिवलिङ्गको बारेमा वणर्न गरिएको छ । त्यसै वर्णनको आधारमा काकेश्वरी शिवलिङ्ग कस्तो प्रकारको शिवलिङ्ग हो भन्ने कुरालाई स्पष्ट गर्ने क्रममा पौराणिक ग्रन्थ अनुसार काकेश्वर शिवलिङ्ग स्वयम्भूलिङ्ग हो ।

स्वयम्भूलिङ्ग चौसट्टीलिङ्ग रहेको र अनादिकालदेखि नै पूजा उपाषना हुदै आएको र मानुषलिङ्ग भन्दा अघिदेखि नै पूजा उपाषना गर्ने प्रचलन थियो । त्यस हिसाबले हामीले अहिलेको अवस्थालाई काकेश्वरी शिवलिङ्ग स्वयम्भू लिङ्ग त्यसैको तीसौ क्रममा पर्ने काकेश्वर शिवलिङ्ग आफैँ प्राकृतिकरूपमा उत्पति भएको र शिलाको रूपमा रहेको छ । त्यसमा पनि पछिल्लोकालमा जलहरी निर्माण गरेको हो । तर जलहरी कहिले राखियो भन्ने कुरा अध्ययन गर्न अभिलेखको कमी भएको गर्दा गारो रहेको कुरा भवानी रिमालले गरेको शोधपत्रमा उल्लेख छ । पौराणिक कथा र पिठिकाको निमार्णले गर्दा यो अर्धस्वयम्भूलिङ्ग हो । मानव निर्मित पिठीका जलहरी र प्राकृतिक रूपमा अनादिकालदेखि मान्दै आएको÷उत्पत्ति भएको शिवलिङ्गको समिश्रण नै अर्धस्वयम्भूशिवलिङ्ग हो ।

काकेश्वर शिवलिङ्ग पनि अर्धस्वयम्भू लिङ्ग हो । काकेश्वर शिवलिङ्ग परिसरमा भएको लिच्छवि लिपि सहितको गणेशको मूर्ति अनुसार ठोकुवाको साथ काकेश्वरी लिच्छविकालमा नै प्रचलनमा आइसकेको कुरालाई प्रमाणित गर्दछ । काकेश्वरको परिसरमा भएका गणेशको मूर्तिको विशेषता र पादपीठमा भएको लिच्छवि अभिलेख, शिवलिङ्ग, उमामहेश्वरको मूर्ति,कुमारकोमूर्ति, पछिल्लो समयको अभिलेखले गर्दा यस मन्दिरको इतिहास आज मात्र नभई प्राचीनकाल समयमा पनि उत्तिकै महत्व थियो भनेर प्रमाणित गर्दछ ।

कांग्रेसमा मन्त्री बन्ने आकांक्षीको थेगिनसक्नु लर्को, आरजु परराष्ट्र मन्त्री बन्ने लगभग पक्का !

Previous article

रास्वपाको बैठक बस्दै,  मुकुल ढकाललाई पार्टीबाट निस्कान गर्नसक्ने !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *