अन्तराष्ट्रिय

भारत टि-ट्वान्टी विश्व च्याम्पियन, विराट कोहलीले लिए सन्यास

0

काठमाडौं । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै अपराजित भारत आइसिसी टिट्वान्टी विश्वकप क्रिकेट२०२४ को च्यामपियन बनेको छ। भारतले १७ वर्षपछि ट्वान्टी२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले  सन् २००७ मा उपाधि जितेको थियो।

बार्बडसस्थित किंगस्टन ओभलमा भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो। र उपाधि भारतलाई थमाइदियो। योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो।

भारतका ओपनर ब्याटर विराट कोहलीले ट्वान्टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतले शनिबार आईसीसी ट्वान्टी२० विश्वकपको उपाधि जितेपछि कोहलीले सन्यासको घोषणा गरेका हुन् ।यो मेरो अन्तिम ट्वान्टी२० विश्वकप थियो र हामीले चाहेजस्तै कुरा हासिल गर्न सफल भएका छौँ,” जितपछि कोहलीले भने, “योउत्कृष्टखेलथियो।टिमलाईसबैभन्दाधेरैआवश्यकरहेकोबेलाआफ्नोकर्तव्यपूरागर्नसकेकोमानिकैखुसीछु।

भारतका लागि यो मेरो अन्तिम ट्वान्टी२० खेल हो । अब नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने समय हो ।शनिबार ब्रिजटाउनमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै १७ वर्षपछि विश्वकपको उपाधि जितेको हो । कोहलीले फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ७६ रन बनाएका थिए ।

देउवा-ओलीबीच ३ घण्टे वार्ताले राजनीतिमा ठूलो तरंग

Previous article

अझै ५० प्रतिशतभन्दा बढीले उमेर नपुगी विवाह गर्छन्

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *