काठमाडौं । आज भलाभल अष्टमी । हरेक वर्ष भलभल अष्टमीका दिन नवदुर्गा गणको देहावसान हुने विश्वाससहित भक्तपुरका जीवित देवता नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिन्छ । भलभल अष्टमीको दिनलाई स्थानीय भाषाम् भगस्थी पनि भन्ने गरिन्छ ।
परम्पराअनुरूप शुक्रबार(आज) राति नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिँदैछ । मुकुट(मुकुन्डाे) जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ । मुकुट जलाए पनि गरगहना र पोसाक भने जलाइँदैन ।
अन्त्येष्टि क्रममा भलभल अष्टमीमा नवदुर्गा गण द्योछें (देवता घर)बाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न ठाउँमा आठ महिना नाच प्रदर्शन गर्ने नवदुर्गा गणको देहावसानसँगै भक्तपुर नगरपालिका–३, गछेंस्थित नवदुर्गा द्योंछे (देवता घर)मा पूजाआजा बन्द हुने गर्दछ ।
नवदुर्गा गणको नाच भक्तपुर नगरका, मध्यपुर थिमि, बनेपा, पनौती, साँखु, पशुपति, टोखा, कीर्तिपुर, साँगा, धुलिखेलगायत ठाउँमा प्रदर्शन गर्ने परम्परा छ ।
Comments