काठमाडौं । नेपाली कांग्रेस बुढानीलकण्ठ नगर समितिले आज(असार १४ गते शुक्रबार) बुढानीलकण्ठ ११ स्थित यज्ञमती माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दैछ । स्थानीयवासीको स्वास्थ्यस्थिति तथा उपचारका बारेमा सक्रियताका शिविर संचालन गर्ने क्रममा ११ वटा भिन्न भिन्न विषय चेकजाँच गर्ने गरी स्वास्थ्य शिविर संयोजन गरिएको नगर समिति सभापति राजाराम बुढाथोकीले बताए ।
जनरल मेडिकल, स्त्री रोग, बालरोग, सर्जरीदेखि छालारोग, हाडजोर्नी, आँखा र दाँतको चेकजाँच हुने शिविरमा नेपाल मेडिकल कलेजका डाक्टरहरूले सेवा दिने बुढाथोकीले जनाए । आज शुक्रबार ९ बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने शिविरमा इसिजीदेखि भिडियो एक्सरे सेवा पनि निःशुल्क उपलब्ध हुने भने ल्याब टेस्टको सुबिधा पनि दिइने बताइएको छ ।
निःशुल्क स्वास्थ्य शिविर पैयाटारस्थित चिरपरिचित पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको हो ।
Comments