कला/संगीतराष्ट्रिय

अत्याधिक रक्सी खाएर एयरपोर्ट पुगेका गायक राजेशपायल राईलाई एयरलाइन्सले फर्काइदियो

0

 काठमाडौँ । अत्याधिक रक्सीसेवन गरेर एयरपोर्टमा होहल्ला गरेपछि दुबईमा एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ।

फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो।

उनलाई सम्झाईबुझाई गरेर ट्याक्सीमा घर फर्काइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले नेपालखबरलाई जानकारी दिए। राईको बिहीबार बिहान १० बजे फ्लाइट थियो। 

अन्य केही कारण होइन, अत्यधिक मदिरा सेवन गरेको पाइएपछि एयरलाइन्सले हामीसँग समन्वय गरेको थियो,’ उनले भने, ‘हामीले सम्झाइबुझाई गरेर घर फर्काएका छौँ।उनको उडान तय भएको विमान भने अहिले उडिसकेको छ। 

उल्टो महामन्त्री मुकुल ढकाललाई नै कार्बाही गर्ने रवि लामिछानेको तयारी

Previous article

प्रशिद्ध लेखक अरुन्धती रायलाई सन् २०२४ को पेन पिन्टर पुरस्कार

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *