विकासस्थानीय

बुढानीलकण्ठ-८ मा खानेपानी व्यवस्थाका लागि संघीय सांसदमार्फत १ करोड बजेट

0

काठमाडौं । शिवपुरीको फेदीमा बसेर पनि खानेपानीको हाहाकार बिताइरहेको बुढानीलकण्ठ नगरपालिकामा दर्जनौं डिपबोरिङमार्फत येनकेन खानेपानीको व्यवस्थापन हुँदै आएको छ । शिवपुरीको पानी व्यवस्थापनको अभावमा खेर जाने तथा वर्षेनी करोडौंको बोरिङ गरिने उपक्रम जारी हुँदा पनि नगरपालिका यो विषयमा मौनबस्दा नगरवासी दिनहुँ खानेपानीको समस्यामा जुधिरहेका छन् । एउटा डिपबोरिङ खन्न लाखौंको बजेट लाग्ने तर सो बोरिङको आयुबारे निश्चित भन्न नसकिने हुँदा करोडौं लगानी हुँदा पनि नगरपालिकामा खानेपानी व्यवस्थापन राम्रो हुन सकेको देखिदैन ।

खानेपानीको समस्या भएका बुढानीलकण्ठका वडाहरूमध्ये वडा नं ८ पनि एक हो । यस वडामा खानेपानीको व्यवस्थापनका लागि आव ०८१ /८२ का लागि संघीय सांसद गगन थापाको पहलमा १ करोड व्यवस्थापन भएको छ । सांसद थापाको प्रयासमा बुनपा ८ अन्तर्गत नरायण बस्ती टोल र जगन्नाथ टोलमा  डिप ट्युबेल निर्माण, खानेपानी धारा जडान तथा पाइप बिस्तारका लागि १ करोड बजेटको व्यवस्था भएको हो । सांसद थापाले आव ०८१/०८२ लागि क्षेत्र नं ४ मा गरेको विकासे पहलबारे सांसद कार्यालयले जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको छ । सो जानकारीमूलक सूचना नेपाली कांग्रेस बुनपा ८ का सभापति राजाराम थापाले आफ्नो सामाजिक सन्जालमा सेयर गरेका छन् ।

बुनपा ८ लागि संघीय सांसद थापाका पहलमा बजेट परेका ७ वटा योजनामध्ये सबैभन्दा ठूलो बजेट यसै खानेपानीमा परेको छ । त्यसैगरी यस वडामा सांसद थापाको प्रयासमा सहजहुँदै आदर्श कोलोनी र गणेश कोलोनीबाट खहरे खोलासम्मको सडक निर्माणका  लागि १ करोड रकमको व्यवस्था भएको छ ।  यस्तै वडा नं ८ र १० जोड्ने  साँप्रेढुङ्गा सडक पुल निर्माणका लागि ८५ लाख तथा रूद्रमतीच्यानेखोला धोवीखोला करिडोरदेखि ह्युमपाइप चोकसम्म डुबाउनमुक्त गराउनका लागि ८५ लाख बजेटको व्यवस्था भएको छ।

यस वडामा सांसद थापाको प्रयासमा ४ करोड ५० लाख परेको इकाई सभापति राजाराम थापाले सेयर गरेको जानकारीमूलक सूचनामा उल्लेखित छ ।  यस वडामा प्रदेश सांसदहरू श्रीराम लामिछाने, मिना पराजुली एवम् याङकिला शेर्पाको पहलमा ५ वटा शीर्षकमा ४५ लाख बजेट परेको छ ।

२ हज़ार नवयुवालाई साप्ताहिक पेमेन्टमा जागिर दिने घोषणाले चुलिएको भाटभटेनीको चर्चा

Previous article

उल्टो महामन्त्री मुकुल ढकाललाई नै कार्बाही गर्ने रवि लामिछानेको तयारी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *